प्रेस स्वतन्त्रताको पक्षमा हामी सतिसाल झैँ उभिन्छौँः नैनसिंह महर

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले लोकतान्त्रिक अधिकार र प्रेस स्वतन्त्रताको सवालमा पार्टी सतिसाल झैँ उभिने बताउनुभएकाे छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा आफ्नो धारणा राख्दै नेता महरले लोकतान्त्रिक अधिकार र स्वतन्त्र पेसको सवालमा नाफाघाटा नहेरेर अधिकार संरक्षणका लागि कांग्रेस सतिसाल झैँ उभिने बताउनुभयाे ।

लोकतान्त्रिक पद्धति र निष्पक्ष पत्रकारितामाथिको जुनसुकै आक्रमणको खिलाफमा रहने उहाँको धारणा थियो । 'जननिर्वाचित व्यवस्थापिका, कल्याणकारी कार्यपालिका, निष्पक्ष न्यायपालिका र स्वतन्त्र प्रेस लोकतान्त्रिक व्यवस्थाका प्राणवायु नै हुन् । यी चार अंगको सन्तुलन र प्रभावकारिताले मात्र राष्ट्रले फड्को मार्न सक्छ,' उहाँले भन्नुभयाे ।

अझ स्वतन्त्र प्रेसविना त झन् लोकतान्त्रिक व्यवस्थाले ठिकसँग कामनै गर्न नसक्ने उहाँको धारणा थियो । लोकतान्त्रिक व्यवस्थाबीना नेपाली कांग्रेसको राजनीतिक अभीष्ट पुरा हुन नसक्ने बताउँदै केन्द्रीय सदस्य महरले पत्रकारिताको विरुद्धमा कसैलाई पनि धावा नबोल्न चुनौती दिनुभयाे ।

'नेपाली कांग्रेस लोकतान्त्रिक पद्धति र निश्चपक्ष पत्रकारितामाथिको जुनसुकै आक्रमणको खिलाफमा रहन्छ । कसैको अधिकार हनन् हुँदा कांग्रेस अधिकार संरक्षणका पक्षमा उभिन्छ । लोकतान्त्रिक अधिकार र स्वतन्त्र प्रेसको सवालमा हामी नाफाघाटा हेर्दैनौं । फेरी भन्छौं, अधिकार संरक्षणका पक्षमा सतिसाल झैँ उभिन्छौँ,' उहाँले भन्नुभयाे । उहाँले नेपालमा लोकतन्त्र प्राप्तिको लागि प्रेस जगतको ठूलो योगदान रहेको स्मरण गर्नुभयाे ।

'निर्वाचित व्यवस्थापिका, कल्याणकारी कार्यपालिका, निष्पक्ष न्यायपालिका र स्वतन्त्र प्रेस नभए लोकतन्त्र फस्टाउन सक्दैन । लोकतन्त्र नफस्टाएसम्म विकास सम्भव छैन। त्यसैले लोकतन्त्र बचाउन राज्यका यी अंक स्वतन्त्र हुनुपर्ने पर्छ । यिनीहरूमाथि प्रहार गर्ने अधिकार कसैलाई छैन,' उहाँले भन्नुभयाे । प्रेसका बारेमा पछिल्लो पटक आइरहेका धारणाप्रति लक्षित गर्दै उहाँले कसैको नाम नलिएरै पछिल्लो समय प्रेममाथि भइरहेको आक्रमणले आफूहरूलाई दुःखी तुल्याएको बताउनुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?