काठमाडौं । लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार कुमार दसौंदी निर्वाचित हुनु भएको छ ।
दसौंदीले नेपाली कांग्रेसका माधव आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायलाई पराजित गर्नुभयो ।
राष्ट्रियसभा उपनिर्वाचन कुमार दसौंदीले ४०२६ मत प्राप्त गर्दै विजयी बन्नुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका माधव आचार्यले ३७२० मत ल्याउनु भयो भने नाउपाका राजेन्द्र वीर रायले १९२ मत प्राप्त गर्नुभएको छ ।
नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको १ सिटमा बुधबार उपनिर्वाचन भएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच