सिद्धार्थ र कियारा विवाह बन्धनमा

Read Time = 1 min

मुम्बई । अभिनेता सिद्धार्थ मल्होत्रा र अभिनेत्री कियारा आडवाणी विवाह बन्धनमा बाँधिनुभएको छ । मंगलबार साँझ जैसलमेरको होटल सूर्यगढको स्टेपवेलमा उहाँहरूबीच लगनगाँठो कसिएको हो ।

शाही परम्पराअनुसार भएको विवाहमा मण्डपलाई स्वदेशी र विदेशी फूलहरूले सजाइएको थियो । विवाहसँगै दुवैले सामाजिक सञ्जालमा फोटो र भिडियो सार्वजनिक गर्नुभएको छ । ‘अब हाम्रो स्थायी बुकिङ सकियो । हामीलाई तपाईंको माया र आशीर्वाद चाहिन्छ’, कियाराले लेख्नुभएको छ ।

विवाह समारोहमा सिद्धार्थ र कियाराका परिवारसहित बलिउडका कलाकार र व्यवसायीको उपस्थित थियो । कियारा र सिद्धार्थ विगत तीन वर्षदेखि एकअर्काको प्रेममा छन् । दुवैको प्रेमकथा चलचित्र ‘शेर शाह’को सेटबाट सुरु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?