काठमाडौं । फागुन १९ गतेदेखि सिनेमाघरमा आउन लागेको चलचित्र ‘छक्का पञ्जा-४’ को नयाँ पोष्टर सार्वजनिक गरिएको छ । चलचित्रका प्रस्तुतकर्ता तथा अभिनेता दीपकराज गिरी, दीपाश्री निरौला तथा निर्मल शर्माले सामाजिक सञ्जालमार्फत चलचित्रको नयाँ पोष्टर सार्वजनिक गर्नुभएको हो । पोष्टरमा दीपकराज गिरी, केदारप्रसाद घिमिरे तथा बुद्धि तामाङलाई चित्रण गरिएको छ ।
पोस्टर शेयर गर्दै अभिनेता गिरीले ‘छक्का पञ्जा-४’ नेपालसहित अमेरिका, जापान, यूरोप, कोरिया, अष्ट्रेलिया, यूके, गल्फलगायत विश्वका धेरै मुलुकहरूमा प्रदर्शन हुने बताउनुभएको छ । यसअघि सार्वजनिक भएको चलचित्रको पहिलो गीत ‘दर्शन सलाम’ले यूट्यबमा झण्डै साढे २३ लाख भ्यूज पाइसकेको छ ।
भिडियो यतिबेला ट्रेन्डिङको तेस्रो स्थानमा छ । उक्त गीतमा डेविड शंकर तथा सहिमा श्रेष्ठको स्वर, दीपक शर्माको संगीत तथा राजेन्द्र थापाका शब्द छन् ।
आमा सरस्वती मुभिज तथा आइएमइद्वारा प्रस्तुत यो चलचित्रलाई हेमराज बिसीले निर्देशन गर्नुभएको हो । यो चलचित्रमा दीपकराज गिरी, दीपाश्री निरौला, केदारप्रसाद घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, राज आचार्य, बेदना राई, सुष्मा निरौलालगायत कलाकारको मुख्य भूमिका छ् ।
नरेन्द्र मैनालीले छायांकन गरेको चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ भने कथाकार तथा लेखक दीपक राज गिरी हुनुहुन्छ । चलचित्रमा दीपेन्द्र खनिया र केशव न्यौपाने निर्माता, केदारप्रसाद घिमिरे र निर्मल शर्मा कार्यकारी निर्माताको रूपमा हुनुहुन्छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका