काठमाडौं । नेपाल राष्ट्र बैंकले झण्डै एक दर्जन वाणिज्य बैंकलाई कारबाही गरेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा केन्द्रीय बैंकको निर्देशन उल्लंघन गरी व्यवसाय गरेको भन्दै नौ वाणिज्य बैंकलाई कारबाही गरेको हो । सोमध्ये केही बैंक पटक-पटक कारबाहीमा परेका छन् ।
सो अवधिमा राष्ट्र बैंकले प्रभु, कुमारी, प्राइम, सानिमा, सिभिल, नबिल, माछापुच्छ्रे, तत्कालीन बैंक अफ काठमाण्डू र तत्कालीन नेपाल इन्भेष्टमेन्ट बैंकलाई राष्ट्र बैंकको कारबाही गरेको छ भने प्रभु बैंक र माछापुच्छ्रे बैंक दुईपटक कारबाहीमा परेका छन् । प्रभु, कुमारी प्राइम, नबिल र तत्कालीन बैंक अफ काठमाण्डू सम्पत्ति शुद्धीकरणमा संलग्न हुँदा कारबाहीमा परेका हुन् भने माछापुच्छ्रेले तोकिएको पुँजीकोष अनुपात कायम नगर्दा र सानिमा बैंक तत्कालीन प्रमुख कार्यकारी अधिकृतलाई थप सुविधा दिँदा कारबाहीमा परेको हो ।
सिभिल, माछापुच्छ्रे र तत्कालीन नेपाल इन्भेष्टमेन्ट बैंकले कर्जा सम्झौतामा उल्लेख गरिएभन्दा बाहिर गएर प्रिमियम थपघट हुने योजना ल्याउन नपाउने निर्देशन कार्यान्वयन नगर्दा कारबाहीमा परेको छ । केन्द्रीय बैंकले प्रभु, कुमारी प्राइम र तत्कालीन बैंक अफ काठमाण्डूलाई पाँच लाख रुपैयाँ जरिवाना गरेको छ भने माछापुच्छ्रे बैंकका प्रमुख कार्यकार अधिकृत र सानिमा बैंकलाई सचेत गराएको राष्ट्र बैंकले जनाएको छ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृतलाई पनि केन्द्रीय बैंकले सचेत गराएको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच