उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

फाईल फाेटाे

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सत्ता साझेदार दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्न लागेको हो ।

बैठकको बिषयमा बुधवार अध्यक्ष ओलीको वालकोटस्थित निवासमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ओलीबीच भएको भेटवार्ता भएको थियो । । सो भेटपछि संयन्त्रको बैठक बस्न दुवै नेताबीच सहमति भएको बताइएको थियो ।

दुई महिना नपुग्दै रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रचण्ड सरकारबाट बाहिरिएको स्थीति र माओवादी केन्द्रले ‘सहमतीय राष्ट्रपति’को अडान लिए पछि सत्तारुढ दलमा खटपटी सुरु भएको अवस्थामा यो बैठक बस्न लागेको हो ।

बैठकमा मुख्यतः प्रचण्ड सरकारको पूर्णता, राष्ट्रपतिको निर्वाचनलगायतको बिषयमा छलफल हुनेछ । प्रधानमन्त्री निवास वालुवाटारमा हुने संयन्त्रको बैठकमा एमालेसहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायत सत्ता साझेदारका प्रतिनिधि नेताहरुको उपस्थीति रहनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?