सशस्त्रका चार एसएसपी डीआईजीमा बढुवा सिफारिस

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका चारजना वरिष्ठ उपरीक्षक (एसएसपी) लाई गृह मन्त्रालयले सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस गरेको छ ।

गृह मन्त्रालयमा बुधबार बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो ।

एसएसपी सुरेश कुमार श्रेष्ठलाई १ नम्बरमा बढुवा सिफारिस गरिएको छ । सशस्त्रले रिक्त रहेको डीआईजी पदका लागि चार जनाको सिफारिस गरिएको हो ।

सो रिक्त पदमा श्रेष्ठ सहित अन्जनीकुमार पोखरेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापालाई बढुवा सिफारिस गरिएको बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) नारायणदत्त पौडेलले जानकारी दिनुभयो ।

बढुवा सिफारिस उपर चित्त नबुझ्ने सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरूले सात दिन भित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्ने छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?