माओवादीको भर्चुअल बैठक बस्दै, अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने

तस्बिरः रासस

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्दै छ। बैठक आज (बिहीबार) साँझ ५ बजेबाट भर्चुअल माध्यम जुमबाट बस्न लागेको हो ।

स्थायी कमिटी बैठकले २२ सदस्सीय पदाधिकारीको टुंगो लगाएलगत्तै माओवादी केन्द्रीय समितिको बैठक बस्ने तयारी रहेको पार्टीका कोषाध्यक्ष श्रीराम ढकालले जानकारी दिनुभयो। उहाँका अनुसार बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नुहुनेछ ।

यसअघि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले भर्चुअल माध्यमबाट केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको थियो । भर्चुअल माध्यमबाट हुने सो केन्द्रीय समिति बैठकका लागि केन्द्रीय सदस्यहरूलाई जुम आइडी दिईएको छ

माओवादी केन्द्रमा पदाधिकारी २२ जना, स्थायी समिति सदस्य ४४ जना, केन्द्रीय समिति सदस्य ३८६ र वैकल्पिक केन्द्रीय समिति सदस्य दुई सय दुई जना रहेका छन् । यसअघि बसेको स्थायी समिति बैठकबाट पदाधिकारी र केन्द्रीय समितिले पूर्णता पाएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?