बैतडीमा चितुवा मृत फेला

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 1 min

बैतडी । बैतडीमा चितुवा मृत फेला परेको छ । बिहीबार बिहान जिल्लाको पाटन नगरपालिका-४ को राटामाटामा चितुवा मृत फेला परेको हो ।

स्थानीयले चितुवा मरेको देखेपछि डिभिजन वन कार्यालयलाई खबर गरेका थिए । अहिले डिभिजन वन कार्यालयको टोली घटनास्थलमा पठाइएको कार्यालय प्रमुख भीम बहादुर कँडेलले जानकारी दिनुभयो ।

मृत फेला परेको चितुवा ६ फिट २ इन्च लामो रहेको र मृत्युको कारण खुल्न नसकेको उहाँले जानकारी दिनुभयो । विगत १० बर्षदेखी मानव र चितुवाबिच द्वन्द्व चलिरहेको छ । डिभिजन कार्यालय बैतडीको तथ्याङ्क अनुसार हाल सम्म १३ वटा चितुवा मृत फेला परेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?