राष्ट्रपति भण्डारीले संयुक्त बैठकलाई भोलि गर्ने बिशेष सम्बोधन प्रधानमन्त्रीले टेबुल गर्ने

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टेबुल गर्ने हुनुभएको छ।

शुक्रबार अपरान्ह ३ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा राष्ट्रपति भण्डारीले सम्बोधनलाई प्रधानमन्त्री प्रचण्डले टेबुल गर्ने हुनु भएको हो ।

संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार राष्ट्रपतिले गर्ने बिशेष सम्बोधनको प्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा र राष्ट्रियसभामा छुट्टाछुट्टै टेबल गर्ने र त्यसपछि संयुक्त बैठकले धन्यवादको प्रस्ताव पारित गर्ने जानकारी दिनुभयो । उहाँका अनुसार संसद सचिवालयले राष्ट्रपतिले भोली गर्ने बिशेष सम्बोधनको तयारी पूरासमेत गरेको छ ।

नेपालको संविधानको धारा ९५ बमोजिम यही माघ २७ गते तीन बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न लाग्नुभएको हो । संविधानको धारा ९५ मा राष्ट्रपतिले संघीय संसदको कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सक्नेछ भन्ने व्यवस्था छ। सोही ब्यवस्था अनुसार राष्ट्रपति भण्डारीले आफनो दुई कार्यकाल सकिनु अघि बिशेष सम्वोधन गर्न लाग्नुभएको हो ।

दुई कार्यकालसम्म राष्ट्रपति हुनुभएकी भण्डारीको आज हुने बिशेष सम्वोधनलाई ‘बिदाई सम्बोधन’को रुपमा हेरिएको छ । नेपालको संबिधानले एक ब्यक्ति दुई पटक भन्दा राष्ट्रपति हुन नसक्ने प्रावधान राखेको छ, जसका कारण पुनः निर्वाचिन भएर आउन भण्डारीलाई संविधानले रोकिदिएको छ, यो उहाँको अन्तिम कार्यकाल हो ।

उता, निर्वाचन आयोगले पनि मुलुकको तेस्रो राष्ट्रपतिका लागि आगामी २५ फागुनका लागि नयाँ निर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेको छ । जसअनुसार नयाँ राष्ट्रपतिको निर्वाचनका लागि तयारी सुरु गरिसकेको निर्वाचन आयोगले जनाएको छ ।

दुई कार्यकालको जिम्मेवारी सम्माल्हानु भएकी राष्ट्रपति भण्डारीले शनिवार साँझका लागि रात्रिभोजको समेत आब्हान गरिसक्नुभएको छ । उक्त रात्रिभोजमा उपराष्ट्रपति, प्रधानमन्त्री, सर्वोच्च अदालतका प्रधानन्यायधिस, मन्त्रीहरु, सुरक्षा निकायका तीनै प्रमुखहरू, मुख्यमन्त्री, सांसदहरु, संबैधानिक निकायका प्रमुख र उच्च अधिकारीहरु, कुटनीतिक नियोगका अधिकारीहरुलाई निम्तो गईसकेको छ ।

भण्डारी नेपालको पहिलो महिला राष्ट्रपतिको रुपमा नाम दर्ज गरेर २५ फागुनबाट औपचारिक रुपमा बिदा हुदैँ हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?