प्रभु बैंक र एससिटीबीच सहकार्य

Read Time = 2 mins

काठमाडौंं । भुक्तानी प्रणाली सञ्चालक स्मार्टच्वाइस टेक्नोलोजिज (एससिटी) तथा बैंक प्रभु बैंकबीच फास्ट बैंकिङ सेवा सञ्चालनका लागि सम्झौता भएको छ । फास्ट बैंकिङ नेपाली बैंकिङ जगत्मा मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङमा देखिएका अभाव समाधान गर्ने उद्देश्यसाथ विगत पाँच वर्षदेखि अध्ययन तथा अनुसन्धान गरी निर्माण गरिएको ओम्नी च्यानल सोलुसन हो ।

सम्झौतापछि प्रभु बैंकका ग्राहकले फास्ट बैंकिङको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्राप्त गर्न सक्ने बताइएको छ । साथै खुला एपिआइमार्फत् बैंकका थप सेवालाई मोबाइल बैंकिङमै जोड्न सकिन्छ ।

फास्ट बैंकिङले बैंकका शाखामा हुने ग्राहकको उपस्थिति तथा म्यानुअल काम कटौती गरी ग्राहक र बैंक दुवैको समय र खर्च सकिने कम्पनीले जनाएको छ । सम्झौतापत्रमा स्मार्टच्वाइसका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजू र प्रभु बैंकका प्रमुख सञ्चालन अधिकृत रश्मी पन्तले हस्ताक्षर गर्नुभएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?