सामसुङ ग्यालेक्सी एस २३

Read Time = 2 mins

काठमाडौं । सामसुङले बहुप्रतिक्षित सामसुङ ग्यालेक्सी एस २३ ल्याएको छ । बिहीबार एक कार्यक्रबीच ग्यालेक्सी एस २३ सिरिजका ग्यालेक्सी एस २३, ग्यालेक्सी एस २३ प्लस र ग्यालेक्सी एस २३ अल्ट्रा मोबाइलको अन्भेल सामसुङका सहउपाध्यक्ष सुङ जुन पार्क, सामसुङका निर्देशक प्रणयरत्न स्थापित, नायक अनमोल केसी र मिस नेपाल २०२२ प्रियंका रानी जोशीले संयुक्तरूपमा सार्वजनिक गर्नुभएको हो ।

निर्देशक स्थापितले भन्नुभयो, ‘ग्यालेक्सी एस २३ सिरिजमा हरेक फोटो अतुलनीय बनाउन नयाँ दुई सय मिलियन पिक्सल क्यामरासाथ हाम्रो सबैभन्दा उत्कृष्ट मोबाइल प्रविधि जडित छ, जसले तपाईंको संसार सार्पर फोकसमा ल्याइदिन्छ ।’ कम्पनीका अनुसार कुनै पनि लाइटिङमा फोटो र भिडियो खिच्न अगाडि र पछाडिको दुवै क्यामरा प्रयोग गर्न मिल्छ ।

ग्यालेक्सी एस २३ अल्ट्रा (१२+२५६ जिबी) को मूल्य एक लाख ९१ नौ सय ९९ रुपैयाँ, ग्यालेक्सी एस २३ अल्ट्रा (८+२५६ जिबी) को एक लाख ५१ हजार नौ सय ९९ रुपैयाँ र ग्यालेक्सी एस २३ अल्ट्रा (८+२५६ जिबी) को एक लाख २७ हजार नौ सय ९९ सय रुपैयाँ रहेको छ । एस २३ सिरिज शून्य ब्याजदरमा मासिक न्यूनतम किस्ता ६४ हजार रुपैयाँमै उपलब्ध हुने कम्पनीले जनाएको छ । मोबाइलका साथ ट्याब र स्मार्टवाचलगायत उपहारस्वरूप प्राप्त हुने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?