सुरक्षित कर्णाली प्रदेश विशेष अभियान सञ्चालन गर्ने डिआइजी ढकालको प्रतिबद्धता

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 3 mins

कालीकोट । सुरक्षित कर्णाली प्रदेश विशेष अभियान सञ्चालन गर्ने कर्णाली प्रदेश प्रहरी प्रमुख (प्रहरी नायव महानिरीक्षक) भीमप्रसाद ढकालले प्रतिबद्धता जनाउनुभएको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटको आयोजनामा भएको अमर प्रहरी शहीद स्मारक उद्घाटनको क्रममा कालीकोट पुग्नु भएका प्रहरी नायव महानिरीक्षक ढकालले यस्तो प्रतिबद्धता जनाउनुभएको हो ।

कर्णाली प्रदेशमा भर्खरै सरुवा भई आउनुभएका ढकालले एक हप्ता नबित्दै कालीकोटमा गन्तव्य बनाउनु चासोको साथ हेरिएको छ । ढकालले कर्णाली राजमार्गमा यात्रुले भोग्नुपरेको दुःख, सडक र चालकको लापरबाहीका कारण हुने दुर्घटनाले आफूलाई गम्भिर बनाएको बताउनुभयो । महानिरीक्षक ढकालले सामाजिक विकृति विसंगति लगायतका आपराधिक क्रियाकलाप नियन्त्रणमा प्रहरी संगठनले दुरदराजको कुनै मशसुश नगरी काम गरेको प्रति प्रशंसा व्यक्त गर्नुभयो ।

जिल्लामा रहेका प्रत्येक युनिटको अवस्था दयनीय रहेको भन्ने खबरले आफूलाई पिरोलेको स्मरण गर्दै आफ्नो कार्यकालसम्म प्रहरी भवन निमार्णको कार्यमा तीव्रता दिन सम्बन्धित पक्षलाई आग्रह गर्नेसमेत बताउनुभयो । राजमार्गको यात्राका क्रममा एस मोडमा भएको दुर्घटनाले सडक डिभिजन कार्यालयको ध्यान नपुगेको आफूलाई महसुस भएकाले तत्काल पहल गर्ने बताउनुभएको हो । ढकालले जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायव उपरीक्षक जयश्वर रिमाल र माताहतका प्रहरीको खुलेरै प्रशंसा गर्नुभएको थियो ।

यस्तै, कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले प्रहरीले गरेको राम्रो कामको प्रशंसा गर्दै, जिल्ला प्रहरी कार्यालय कालीकोटमा सभाहल नहुनु, बजारका सिसी क्यामेराहरू बिग्रिनु, हरेक प्रहरी युनिटहरू कतै भाडामा त कतै चुहिने भवनमा बसिरहेको कुराले आफूलाई चित्त दुःखेकाले आफ्नो तर्फबाट सम्बन्धित निकायमा समयमै सिफारिस गर्न कुनै आनाकानि नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी माझीले आफू आएको दिनदेखि कर्णाली राजमार्गमा हुने दुर्घटनालाई कम गर्न तथा सवारी चालकहरूको लाइसेन्स र सवारीहरूको अवस्था बुझेर मात्र सञ्चालन गर्न निर्देशन गरिसकेको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?