जुम्लाका स्थानीय तहलाई पूर्णखोप सुनिश्चित गरिँदै

विजय रावत जुम्ला, संवाददाता
विजय रावत जुम्ला, संवाददाता
Read Time = 4 mins

जुम्ला । जुम्लाका आठवटै स्थानीय तहलाई आगामी आउने वैशाख महिनाभित्र पूर्णखोप सुनिश्चित गरिने भएको छ । आगामी वर्ष २०८० को वैशाखभित्र यहाँका स्थानीयलाई पूर्णखोप सुनिश्चित घोषणा गरिने कार्ययोजना अनुसार लागि परेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख विष्णु सापकोटाले जानकारी दिनुभयो ।

जिल्लाको एक नगरपालिकासहित सात गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य संहयोजकसँग पूर्णखोप कार्यक्रमको समीक्षा तथा पूर्णखोप दिगोपनाको कार्ययोजना गोष्ठी सम्पन्न भइसकेको छ । स्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख सापकोटाले भन्नुभयो, ‘सम्बन्धित सरोकारवालाहरूको सुझावअनुसार वैशाखभित्रै पूर्णखोप पालिका घोषणा गर्ने कार्ययोजनामा लिखित प्रतिबद्धता गरेका छन् ।’ जिल्लालाई पूर्णखोप घोषणा भइसके पनि राष्ट्रिय खोप कार्यक्रमअनुसार हरेकवर्ष १५ महिनामुनिका लक्षित बालबालिकालाई सबै प्रकारका खोप लगाएर सुनिश्चित गर्नुपर्ने सरकारको लक्ष्यअनुसार जुम्लाका स्थानीय तहलाई वैशाखभित्र पूर्णखोप सुनिश्चित पालिका घोषणा गर्ने तयारीमा जुटेको जनस्वास्थ्य कार्यालय प्रमुख सापकोटाको भनाइ छ ।

सो तालिकाअनुसार आगामी वैशाख १६ गते चन्दननाथ नगरपालिकालाई पूर्ण खोप नगर घोषणा गर्ने कार्ययोजना तयारी भएको छ । तातोपानीलाई वैशाख १३ गते, तिला १५, हिमा १४ र सिंजा गाउँपालिकालाई ८, कनकासुन्दरी २४, गुठीचौर २० र पातारासी गाउँपालिकालाई ७ गते पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिने कार्ययोजना रहेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ ।

जन्मेदेखि १५ महिना मुनिका लक्षित सबै बालबालिकाले अनिवार्य रूपमा लगाउनुपर्ने, बिसीजी, रोटा, पोलियो, एफआईपिभी, पिसिभी, डीपीटी, हेपविहिब, दादुरा, जेई, टाइफाइड गरी करिब एक दर्जन खोप लगाएको प्रमाणित भएपछि मात्रै वडा हुँदै पालिकाहरू पुर्णखोप सुनिश्चित पालिका घोषणा हुने सो कार्यालयले जनाएको छ । जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गैरीनन्द आचार्याले सरकारको कार्य योजना भित्र रही जिल्लाका स्थानीयलाई पूर्णखोप सुनिश्चित गर्न सबैको सहयोग र समन्वय चाहिने भएकाले सो कामलाई सफल पार्न स्थानीय तहको थप जिम्मेवारी रहेको बताउनुभयो । पूर्णखोप सुनिश्चित गर्नेका लागि पालिकाबाट चाहिने सबै सहयोग हुने तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागार्इंको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?