महन्थलाई लिएर बालकोट जानु अघि ओलीले भने : हामीले भनेकै ब्यक्ति राष्ट्रपति हुन्छ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुहरुले भनेकै ब्यक्ति राष्ट्रपति निर्वाचित हुने बताउनु भएको छ ।

संघीय संसदको दुवै सदनलाई सम्बोधन पछि राष्ट्रपतिले बिद्यादेवी भण्डारीले सम्वोधन गरे पछि निस्कने क्रममा सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै एमाले अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो । उहाँले सञ्चारकर्मीको प्रश्नमा भन्नुभयो,‘हामीले भनेकै ब्यक्ति (राष्ट्रपति) हुन्छ । ’

त्यससँगै लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि संसदबाट निस्केर एमाले अध्यक्षसँगै ओलीकै गाढीमा ओली निवास बालकोट तिर जानुभएको थियो ।

ओली निवासमा बालकोटमा दुई नेता बीच संवाद हुने संकेत लोसपा स्रोतले जानकारी दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?