गुल्मी । गुल्मीको मदाने गाउँपालिकाले अध्यक्ष कप खुला भलिबल प्रतियोगिता हुने भएको छ । यस पालिकाको आर्थिक वर्ष २०७९–८० स्वीकृत वार्षिक कार्यक्रम अनुसार फागुन ५,६ र ७ गते पुर्कोटदहको गोलपोखरीमा हुने भएको हो ।
प्रतियोगितामा गाउँपालिकाका ७ वटै वडाबाट अनिवार्य दुई टिम सहभागी हुनेछन् । जसमा पुरुष भलिबलका लागि टिम एक र महिला भलिबलका लागि एक टिम अनिवार्य सहभागी हुने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका अनुसार प्रतियोगितामा पुरुषतर्फ प्रथम हुनेले ४० हजार नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछ । द्वितीय हुनेले ३० हजार नगदसहित मेडल र प्रमाणपत्र पाउनेछ । तृतीय हुनेले २० हजार नगदसहित मेडल र प्रमाणपत्र पाउने बताइएको छ ।
त्यस्तै, महिलातर्फ प्रथम हुनेले २० हजार नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछ । द्वितीय हुनेले १५ हजार नगदसहित मेडल र प्रमाणपत्र पाउनेछ । तृतीय हुनेले १० हजार नगदसहित मेडल र प्रमाणपत्र पाउने बताइएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका