साउदीमा रोनाल्डोको हृयाट्रिक

Read Time = 2 mins

साउदी । क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगमा अल वेहदाविरुद्ध हृयाट्रिकसहित चार गोल गर्नुभएको छ । उक्त खेल अल नासरले चार–शून्य ले नै जितेको थियो । जसमा सबै गोल रोनाल्डोले गर्नुभयो । रोनाल्डोले पहिलो हाफमा दुई तथा दोस्रो हाफमा दुई गोल गर्नुभएको थियो ।

रोनाल्डोले २१औं मिनेटमा सुरुवाती अग्रता दिलाउनुभयो । ४०औं र ५३औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै उहाँले हृयाट्रिक पूरा गर्नुभयो । त्यसको ७ मिनेटपछि उहाँले चौथो गोल गर्नुभयो । रोनाल्डोले सन् २०१९ पछि पहिलोपल्ट एकै खेलमा हृयाट्रिकसहित चार गोल गर्नुभएको हो । सेप्टेम्बर २०१९ मा पोर्चुगलले लिथुआनियालाई पाँच-एकले हराएपछि रोनाल्डोले एकै खेलमा चार गोल गर्नुभएको थियो ।

उहाँको यो करिअरको ६१औं हृयाट्रिक पनि हो । यो रोनाल्डोको करियरको ५०३औं लिग गोल हो । उहाँले व्यावसायिक खेलमा ७०६ गोल गर्नुभएको छ । रोनाल्डोले पछिल्लोपटक १६ अप्रिल २०२२ मा इंग्लिस प्रिमियर लिगमा नर्विच सिटीविरुद्ध तीन–दुईको जित निकालेको खेलमा हृयाट्रिक पूरा गर्नुभएको थियो । रोनाल्डोले पोर्चुगलबाट १०, म्यानचेस्टर युनाइटेडबाट ३, रियल म्याड्रिडबाट ४४ र युभेन्ट्सबाट ३ हृयाट्रिक पूरा गर्नुभएको छ ।

यस जितसँगै शीर्षस्थानमा उक्लिएको अल नासरको १६ खेलबाट ३६ अंक पुगेको छ । एक खेल बढी खेलेको अल सवाव गोल अन्तरमा पछि छ । पराजित अल वेहदा १६ खेलबाट १५ अंक जोडेर १३औं स्थानमा छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?