प्रेम दिवसमा प्राञ्जलको ‘समय’

Read Time = 2 mins

काठमाडौं । प्रेम दिवसको छेको पारेर प्राञ्जल पोखरेलको स्वरमा रहेको गीत ‘समय’ सार्वजनिक भएको छ । प्राञ्जलकै शब्द, संगीत, निर्देशन र कमल रानाको एरेञ्ज, मिक्सिङ र माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । प्राञ्जललाई स्वरमा वेनिशा पौडेलले साथ दिनुभएको छ । योगेश शाक्यको छायांकन, सम्पादन र कलर रहेको गीतको भिडियोमा अनु आचार्य, अनेल पौडेल, आशिषकुमार केसी र प्राञ्जलको अभिनय रहेको छ ।

प्रेम दिवसमा आफ्नो प्रेमीलाई प्रपोज गर्न तयार भएकी युवतीले अर्कै युवालाई प्रपोज गरेपछिको घटनाक्रम भिडियोको कथावस्तुमा उनिएको छ । यथार्थ घटना के हो भन्ने विषयमा भने सस्पेन्स राखिएको भिडियो निकै राम्रो बनेको छ । बुटवल, भैरहवा र लुम्बिनीका रमणीय क्षेत्रमा छायांकन गरिएको गीतको भिडियो उत्कृष्ट बनेको छ । ओएसआर डिजिटलमार्फत् गीतको भिडियो सार्वजनिक गरिएको हो ।

रूपन्देहीको भैरहवाका स्थायी बासिन्दा प्राञ्जलको यसअघि सार्वजनिक गीत ‘दिलमा सर्किट बनेर’ निकै मनपराइएको थियो । आफ्ना अन्य गीतजस्तै यो गीतले पनि दर्शक/श्रोताको साथ पाउने आफूले आशा राखेको प्राञ्जलले बताउनुभयो । ‘सबैको मिहिनेतले एउटा राम्रो गीत श्रोता÷दर्शकमाझ पस्किएका छौँ, दर्शक/श्रोताले मन पराइदिनुहुन्छ भन्नेमा आशावादी छौँ’, प्राञ्जलले भन्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?