काठमाडौं । एक समयकी सर्वाधिक हिट अभिनेत्री हुन् प्रियंका कार्की । म्युजिक भिडियोदेखि सिनेमासम्म एकछत्र छाइरहने कार्कीको केही समय अघि फिल्म ‘चिमुसी’ रिलिज भयो ।
उनी आमा बन्नु भन्दा अघि खेलेको यो सिनेमा फरक कथामा बनिएको भनिएता पनि दर्शकले पत्याईदिएनन् । लामो समय बच्चाको स्याहार सुसारमा लागेकी प्रियंकाले म्युजिक भिडियोमा पनि त्यति सक्रियता देखिन छोडेको छ ।
उनलाई आमा बनेपछि भिडियोमा कम अफर आएको हो की प्रियंका आफै पछि परेकी हुन् त्यो उनैलाई थाहा होला । अहिले आगामी फागुन ५ गते रिलिज हुने सिनेमा ‘फुलबारी’मा उनको मुख्य भूमिका रहेको छ । यस सिनेमाको ट्रेलरले समेत दर्शक तानेको थियो भने प्रियंकाको अभिनयलाई दर्शकले मन पराएका थिए ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका