जुम्ला । जुम्लाको पातारासी गाउँपालिकाद्धारा पालिकाको विकास निर्माणको कामदेखी सेवाप्रवाहलाई चुस्त,दुरुस्त जनतामुखी बनाउनका लागि अघि बढेको छ । गाउँपालिकाले शुक्रबार गरेको अर्ध वार्षिक समीक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत आर्थिक वर्ष २०७८/०७९ मा भौतिक पुर्वधारतर्फ करिब दुई सय छ वटा विकासे योजनाको कामलाई सम्पन्न गरेको छ ।
उक्त आर्थिक वर्षकमा संञ्चालित योजना र बजेटबारे जानकारी दिदै प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धितालले भन्नुभयो, “ सोही योजनाका लागि करिब रु १९ करोड १८ लाख ६३ हजार छ सय खर्च भएको छ । गत वर्षमा २० करोड ९५ लाख ३ हजार दुई सय खर्च भएको थियो । तुलानात्मक रुपमा ८ प्रतिशतले बजेट बढी हो । योजना संख्याको आधारमा ९८ प्रतिशत योजना सम्पन्न भएकाछन् । १ प्रतिशत क्रमगत र १ प्रतिशत फ्रिज गएको छ । योजना बजेटको आधारमा ८४ प्रतिशत योजना सम्पन्न र १२ प्रतिशत क्रमागत र ४ प्रतिशत फ्रिज गएको प्रमुख प्रशाकीय अधिकृत धितालले बताउनुभयो ।”
आ.ब २०७७/०७८ मा पनि सम्पन्न भौतिक पुर्वधारतर्फ दुईसय ३२ योजना निर्माण भई सम्पन्न भएकाछन् । आ.ब २०७८/०७९ मा संचालित योजना र जम्मा बजेटतर्फ वित्तियसमानिकरणतर्फ अध्यक्ष,उपाध्यक्ष विकास कोषमा ५ प्रतिशत,प्रधामन्त्री रोजगार सेवा केन्द्रका लागि ८ प्रतिशत,मुख्यमन्त्री रोजगार कार्यक्रमतर्फ ७ प्रतिशत,नेपाल जलवायु परिवर्तनका लागि,५ प्रतिशत,संघ सरकारको शर्सत समपुरक र विशेष अनुदानबाट २३ प्रतिशत,एक स्थानीय तहमा एक खेल मैदान,कषि शाखा पातारासी ,बहुक्षेत्रिय पोषण कार्यक्रममा १ प्रतिशत ,प्रदेश सरकार शर्सत समपुरक र विशेष अनुदानबाट २५ प्रतिशत,उच्च पहाडी एंव हिमाली क्षेत्र समुद्धी कार्यक्रमका लागि ५ प्रतिशत,राष्ट्रिपति शैक्षिक सुधार कार्यक्रमका लागि २ प्रतिशत र वित्तियसमानिकरण तर्फ १९ प्रतिशत बजेट रहेको प्रमुख प्रशासकीय अधिकृत धितालको भनाइ छ ।
सो बजेट शीर्षक भित्र विभिन्न प्रकारका २१२ योजना रहेको पातारासी गाउँपालिकाले जनाएको छ । १ देखी ७ वडामा भएका वडागत योजनामध्ये करिब २०९ वटा योजना सम्झौता भइसकेको गाउँपालिको गाउँपालिकाको योजना शाखाले जनाएको छ ।
आ.ब २०७८/०७९ को २०७९ असार मसान्त सम्मको प्रगति प्रतिवेदन समेत प्रमुख प्रशाकीय अधिकृत धितालले प्रस्तुत गर्ने भएको. थियो । पालिकाले गरेको हरेक गतिविधिलाई नागरिकसम्म पु¥याउनका लागि गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले बताउनुभयो । जनताले उठान गरेका सही सवाललाई सम्बोधन गर्ने सधै लागि पर्ने अध्यक्ष बोहोराको भनाइ छ ।
स्थानीय सरकार भनेको सबैभन्दा नागरिकको पहुचमा पुग्ने सरकार भएकाले पालिकाले गरेका विकासे निर्माण कामदेखी सेवा प्रवाहबारे जनताको घरदलौसम्म सहजरुपमा पु¥याउनका लागि काम भइरहेको पातारसी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले बताउनुभयो ।
सुशासन कायम गर्ने र पालिकाले गरेका सबै कामहरु नागरिकसम्म पुग्नका लागि र गरेका कामको विवरणबारे जनताको प्रश्न र सुझाव राख्नका लागि पालिकाले त्यस्तै कार्यक्रम गरी राख्ने उपाध्यक्ष रोकायाको भनाइ छ । यहाँका नागरिकलाई राहत गर्नेका लागि निशुल्क स्वास्थ्य बीमा कार्यक्रम लागु गरेकाछौ । एमबीबीएस डाक्टर पढ्ने विद्यार्थीलाई पालिकाले ३५ लाखसम्मको छात्रवृत्ति दिने व्यवस्था पालिकाले लागु गरको उपाध्यक्ष रोकायाले जानकारी दिनुभयो ।
जिसस प्रमुख गौरीनन्द आचार्याले स्थानीय सरकारले गरेका हरेक कामको सुचना पाउनु नागरिको कर्तव्य भएकाले पालिकाको हरेका गतिविधिको जवाफ माग्न यहाँका सबै राजनीतिक दलदेखी सरोकारवालाहरुको काम भएको बताउनुभयो । उक्त सार्वजनिक कार्यक्रममा यहाँका स्थानीयवासि पालिकाले गरेका बारे प्रश्न गरेका थियो । भूरिचुला मिडिया प्राली जुम्लाले कार्यक्रमको सजीकरण गरेको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका