सेहज र देवशिषको जोडी विजेता

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । भारतका सेहजसिंह पवार र देवशिष साहुको जोडी आइटिएफ वल्र्ड टेनिस टुर जे ६० काठमाडौं, नेपाल सर्किट-२ अन्तर्गत ब्वाइज डबल्समा पहिलो हुनुभएको छ । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा सेहज र देवशिषको जोडीले नेपालका अकी जुवेन रावत र अमेरिकाका आरभसम्राट हाडाको जोडीलाई ६-१ र ७-६(३) को सेटमा पराजित गर्नुभयो ।

सोही स्पर्धाको गल्र्स फाइनलमा बेल्जियमकी क्यामिली फिसेट र रुसकी मिलिना शुब्खान्कुलोभाको जोडीले मंगोलियाका दिदीबहिनी मार्ता र मराल्गु चोक्सोम्जाभको जोडीबाट वाक ओभर पाउँदै पहिलो हुनुभयो । दुवै डबल्समा उपविजेता बनेका जोडी सर्किट-१ का विजेता हुनुहुन्छ ।

ब्वाइज सिंगल्समा चीनका वेन्बो बाइले भारतका सेहजलाई ०-६, ६-२ र ६-३ तथा भारतका प्रत्यशले भारतकै सर्किट-१ का विजेता देवशिषलाई ७-५ र ६-० ले हराउँदै फाइनल भेट पक्का गर्नुभयो । गल्र्स सिंगल्समा चीनकी झाङ क्विन वेइले मंगोलियाकी सर्किट-१ विजेता मार्तालाई ६-० र ६-१ तथा मंगोलियाकी मराल्गुले बेल्जियमकी क्यामिलीलाई ६-२ र ६-४ को सोझो सेटमा पाखा लगाउँदै फाइनलमा स्थान पक्का गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?