टोकियो । जापानको थोक मूल्य गत जनवरीमा अघिल्लो वर्षको तुलनामा ९.५ प्रतिशतले बढेको छ । उच्च ऊर्जा र कच्चा पदार्थमा भएको वृद्धिले यसको मूल्यमा प्रत्यक्ष असर गरेको हो । विभिन्न कम्पनीबीच कारोबार हुने सामानको मूल्य लगातार २३औं महिनामा बढेको बिओजेले बताएको छ योसँगै डिसेम्बरमा वृद्धिदर १०.५ प्रतिशतले बढेको उल्लेख गरिएको छ ।
उक्त अवधिमा आयात मूल्य एक वर्ष अघिको तुलनामा १७.८ प्रतिशतले बढेको छ । जापानी मुद्रा येनको कमजोरीले अमेरिकी डलरको तुलनामा अघिल्लो महिनाको तुलनामा कम भए पनि लागत बढाउन प्रयास जारी राखिएको केन्द्रीय बैंकले जनाएको छ । निर्यात मूल्य येनको सर्तमा, रेकर्डिङ अवधिमा ९.० प्रतिशतले बढेको बिओजेले जनाएको छ ।
कर्पोरेट वस्तुहरूको मूल्य सूचकांकमा भएको वृद्धि विशेषगरी विद्युत, शहरी ग्यास र पानीलगायत वस्तुहरूको मूल्यमा ४९.७ प्रतिशतले वृद्धि भएको बिओजेको तथ्यांकले देखाएको छ । फलाम र इस्पातको मूल्य १९.२ प्रतिशतले बढेको छ भने खाद्यान्न र पेय पदार्थको मूल्य भने यस अवधिमा ८.० प्रतिशतले बढेको बीओजेले जनाएको छ । रासस÷सिन्हृवा ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका