स्किल सेवाको चितवन शाखा उद्घाटन

Read Time = 1 min

काठमाडौं । स्किल सेवा प्रालिले चितवन शाखा कार्यालय लायन्स चोकमा स्थापना गरेको छ । शाखा कार्यालय उद्घाटन समारोहमा चितवन जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा, भरतपुर महानगरपालिका वडा २ का वडाध्यक्ष मनोज रानाभाट, कान्तिपुर कलेजका प्राध्यापक श्याममणि कँडेलको उपस्थिति रहेको थियो ।

स्किल सेवा प्रालिका संस्थापक महेश तिमल्सिना र कम्पनीका बजारीकरण तथा बिक्री विभाग प्रमुख सफल प्रधान, स्किल सेवा चितवन शाखा प्रबन्धक सौगात तिवारीले कम्पनीका सेवाबारे जानकारी दिनुभएको थियो । कार्यक्रममा ३० जनाभन्दा पनि बढी सहभागी रहेका थिए । स्किल सेवाका बजारीकरण तथा बिक्री विभाग प्रमुखले चितवनमा एक सयभन्दा बढी प्रि-बुकिङ रहेको बताउनुभयो । स्किल सेवाले नयाँ घर निर्माण, घर मर्मतसम्भार क्षेत्रमा विगत पाँच वर्षदेखि काम गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?