नयाँ विश्वव्यवस्था : चर्चा कि यथार्थ

केशवप्रसाद चौलागाई
Read Time = 16 mins

रुस-युक्रेन युद्धसँगै नयाँ विश्व व्यवस्थाको चर्चा पुनः प्रारम्भ भएको परिपेक्षमा नेपालीहरूको सोचाइ र अभ्यास पनि अग्रणी रहेको तथ्य सामुन्ने आएका छन् । ‘पशुपतिनाथ र विश्वव्यवस्था’ (१) तथा ‘प्रकृति तथा ईश्वरीय विश्व व्यवस्था : अबको मार्ग चित्र’ (२) लेखमार्फत आएका विचारका आधार र औचित्य पुष्टि भइरहेका छन् । कोभिड १९ महामारीले विश्वलाई नै प्रभावित पार्दै ठप्प पारेको अवस्थामा नयाँ विश्व व्यवस्थातर्फको संकेत देखिन्छ ।

सृष्टि, प्रकृति र जीवनका बीच रहेको तादात्म्यलाई सन्तुलित र सम्यम ढंगले सञ्चालन गर्नुपर्ने मान्यतामाथि मानवीय हस्तक्षेपका कारण कोभिड १९ जस्ता महामारीको प्रकोप भोग्नु परको यथार्थतालाई हृदयंगम गराउने क्रममा नयाँ विश्व व्यवस्थाको चर्चा प्रारम्भ गरिएको थियो । प्रकृतिमाथिको हस्तक्षेप जस्तै राजनितिक हस्तक्षेपका कारण उत्पन्न रुस र युक्रेनबीचको युद्ध पनि मानवीय त्रासको विषय बनिरहको अवस्थामा राजनीतिक रूपले नयाँ विश्व व्यवस्थाको चर्चाले निरन्तरता पाइरहको छ ।

‘बीसौं शताब्दीको दुई ध्रुवीय विश्वका अवशेष हराउँदै गर्दा हाल बहुध्रुवीय विश्वको उदय हुँदैछ । सैनिकी क्षमता, प्राविधिक र आर्थिक शक्तिका कारण अमेरिका चीन आगामी दिनमा प्रभावशाली खेलाडी रहने नै छन् भने युरोप, जापान र भारतले पनि विश्वको ठूलो आफ्नो अर्थपूर्ण उपस्थितिको अभ्यास गर्ने देखिन्छ’ (३) भन्ने जर्मनका पूर्वविदेशमन्त्री जासका फिसरको भनाइले नयाँ विश्व व्यवस्थाको परिचय दिन खोजेको छ । शीतयुद्धको समाप्तिपश्चात् सभ्यताका लागि लडाइँ हुने कुरा विश्लेषण गर्दा जर्नलहरूमा लेख प्रकाशनसँगै ‘द क्लासेस अफ सिभिलाइजेसन एण्ड द रिमेकिङ अफ वल्र्ड अर्डर’ लेख्ने सभामुख पी हंटिङटनका विचार अरू पनि चर्चाका विषय बनेका छन् ।

नयाँ विश्व व्यवस्थालाई दिगो शान्तिको मार्गचित्रबाट अगाडि बढाउन हाम्रो अनुसन्धान सदैव उपयोगी रहने छ । जातीय राज्यको कुराले जातीय हिंसातर्फ उन्मुख भएको नेपाली समाजलाई ‘शान्ति, न्याय र मिलापका लागि अन्तर सांस्कृतिक सहिष्णुता’ कार्यक्रम र अवधारणालाई गोष्ठीको आयोजना गरी सम्झाउँन सफल भइएको थियो ।

सन् २०१९ मा ‘एसियन सिभिलाइजेसन डायलग’ चीनका राष्ट्रपति सी जिङ पिङले युनेस्कोसँगको सहकार्यमा आयोजना गर्दै चीनलाई अग्रणी र जिम्मेवार रहेको देखाउन सके । आर्थिक, सामाजिक र राजनीतिक होडबाजीका बीचमा सभ्यताको परिचय र नेतृत्वले नयाँ विश्व व्यवस्थाको नयाँ आधार बनाउन थालेको अनुभव भएको थियो । चीनमा एशियाली सभ्यता सम्वाद (४) विषयक लेखका साथै ‘संस्कृति, स्वराज्य, समाजवाद’ लेखमार्फत नेपाली समाज पनि मौलिक ज्ञान, परम्पराको आधारमा समृद्धिमा पुग्ने प्रयास गरिरहेको थियो । दश वर्षे माओवादी द्वन्द्वले बिथोलिएको समाजलाई सामान्य बनाउन ‘स्वराज्य र मेलमिलाप’ प्रकाशनसहित अगाडि बढेको थियो ।

माओवादी सशस्त्र द्वन्द्वलाई शान्तिपूर्ण समाधान गर्न गरिएको अनुसन्धान ‘द्वन्द्व रूपान्तरण र शान्ति स्थापनामा धर्म तथा अध्यात्मिक क्षेत्रको भूमिका’ (५) पनि हाम्रै संस्कृति र अभ्यासबाट द्वन्द्वरूपान्तरण गर्ने प्रयास थियो । २०६२/०६३ को जनआन्दोलन पश्चात् सम्पन्न विस्तृत शान्ति सम्झौता’पश्चात् संक्रमणकाललाई टुंग्याउँदै संविधानसभाबाट संविधान निर्माण गरी दिगो शान्तितर्फ उन्मुख हुन धार्मिक क्षेत्रबाट मौलिक प्रयास भएका थिए । नयाँ विश्व व्यवस्थालाई दिगो शान्तिको मार्गचित्रबाट अगाडि बढाउन हाम्रो अनुसन्धान सदैव उपयोगी रहनेछ । जातीय राज्यको कुराले जातीय हिंसातर्फ उन्मुख भएको नेपाली समाजलाई ‘शान्ति, न्याय र मिलापका लागि अन्तर सांस्कृतिक सहिष्णुता’(६) कार्यक्रम र अवधारणालाई गोष्ठीको आयोजना गरी सम्झाउँन सफल भइएको थियो ।

नेपाली सभ्यतालाई वैदेशिक दृष्टिकोणबाट विश्लेषण गर्ने अभ्यासलाई सम्झाउन हाम्रा ज्ञान र अभ्यासले सम्भव भएको थियो । जाति र संस्कृतिको नाउँमा हुनसक्ने द्वन्द्वलाई पुनः दोहरिन नदिन ‘सम्पदा र शान्ति’ विषयक लेख र अभियान पनि सहयोगी बनेको थियो नयाँ विषम परिस्थिति र नयाँ विश्व व्यवस्थाको चर्चा भइरहँदा नेपाल चाहिँ आन्तरिक द्वन्द्वमै रुमलिइरहनु उचित नहुने ठानी गरिएका बौद्धिक र धार्मिक प्रयास अन्तर्राष्ट्रियस्तरकै रहेको कुरा भविष्यमा गरिइने खोज अनुसन्धानले पनि प्रमाणित हुनेछन् ।

फिलोसफी अफ जोजन,(७) जापान सोसाइटी अफ हृयुमनिस्टिक एन्थ्रोपोलोजी एसोसिएसन, टोकियोले तयार गर्ने क्रममा दर्शन र सभ्यताको बहसमा हाम्रो पनि संलग्नताले सफलता पाउन सहज बनेको थियो । धर्म, दर्शन र विज्ञानको समन्वय तथा संयोजनद्वारा नयाँ शान्ति दर्शन तयार गर्ने प्रयास सभ्यताको महत्वलाई स्थापित गर्नु थियो । सभ्यताको आधारमा नयाँ विश्वव्यवस्था निर्माण गर्ने प्रयास थियो ।

शीतयुद्धको समयमा सोभियत रुसलाई एक्लाउन चीनसँग सम्बन्ध बढाएका अमेरिकी कुटनीतिज्ञ हेनरी किसिंजर अन्तर्राष्ट्रिय सम्बन्धमा विश्व व्यवस्थाको अवधारणा अगाडि बढाउँदछन् ।(८) एक चीन नीति तथा संयुक्त राष्ट्र संघमा ताइवानको सट्टा चीनको प्रतिनिधित्व गराउने प्रयास अनुरूप अमेरिकी नीतिलाई परिवर्तन गराउने प्रयास नयाँ विश्व व्यवस्थाको एक चरण थियो । वेल्ट एण्ड रोड इनिसियटिभको थालनीसँगै चीनियाँ बुद्धिजीवी वर्तमान विश्व बहुधु्रवीय नभएर चीन तथा अमेरिकाबीचको दुई धुव्रीय भएको मान्दछन्,(९) यस्तो अवस्थामा रुस-युक्रेन युद्धले रुसको सामरिक क्षमता तथा त्यसको प्रभावलाई पनि चीनकै शक्ति समूहका रूपमा स्वीकारेको पाइन्छ । (१०)

विश्वका सभ्यताको आधारमा नयाँ विश्व व्यवस्थाका अवधारणालाई अगाडि बढाउँदा समन्वय गर्ने संस्था र नेतृत्वको खाचो महसुस हुने देखिन्छ । ‘इतिहास, धर्म, भूगोल, संस्कृति र भाषाका आधारमा निर्माण भएका सभ्यताहरूलाई समन्वय गर्न नसक्दा झन् भयावह स्थिति उत्पन्न हुने देखिन्छ । सुमेरिया सभ्यता (इसापूर्व २३००-२१५०) बेबिलोनिमा सभ्यता (ईसा.पूर्व २०००-४००) इरानी सभ्यता (ईसा.पूर्व २०००-२५०) मिश्रको सभ्यता (इसा.पूर्व २०००-१५०) आसिरियाको सभ्यता (ईसा.पूर्व १४५०-५००) युनानको सभ्यता (इसा.पूर्व १४५०-१५०) र रोमको सभ्यता (इसा.पूर्व ८००-५००) अस्तित्वमा रहेको पाइन्छ । सिन्धुघाटीको सभ्यता (ईसापूर्व ५०००-३५००) तथा हिमालय सभ्यताको नेपाल प्राचीनतम सभ्यताको केन्द्रका रूपमा रहेको पाइन्छ ।

विश्वका सभ्यताको आधारमा नयाँ विश्व व्यवस्थाका अवधारणालाई अगाडि बढाउँदा समन्वय गर्ने संस्था र नेतृत्वको खाचो महसुस हुने देखिन्छ । ‘इतिहास, धर्म, भूगोल, संस्कृति र भाषाका आधारमा निर्माण भएका सभ्यतालाई समन्वय गर्न नसक्दा झन् भयावह स्थिति उत्पन्न हुने देखिन्छ ।

हिमालय निवासीको अर्थमा ‘हिमधु’बाट हिन्दू भएको मान्यता राख्नु हुने योगी नरहरिनाथका दृष्टिकोण पनि सभ्यता निर्माण र पहिचानका सन्दर्भमा महत्वपूर्ण रहेका छन् । (११) ‘कसैले पनि आफ्नो जाति र संस्कृति अरूको भन्दा श्रेष्ठ ठान्दछन् भने यो मूर्खतापूर्ण कुरा हो’ भन्ने भनाइ राख्ने चिनियाँ राष्ट्रपति सी जिङ पिङको भनाइले साझा गौरवको अनुभूति गराउन खोजेको देखिन्छ । साथै आफ्नो महान् र ठूलो ठान्ने प्रवृत्तिले नयाँ द्वन्द्वको सिर्जना गराउन सक्नेछ । नेपाली परिवेशमा कुरा गर्दा गण्डकी, कोशी, कर्णाली नदी सभ्यतादेखि पशुपतिनाथसहित नेपाल मण्डलको सभ्यता, मिथिला सभ्यता लुम्बिनी, दामोदरकुण्ड, मुक्तिनाथ क्षेत्र सभ्यताका जीवित मुहान हुन् ।

खस सभ्यता, भाषा र धर्मको अन्वेषणका क्षेत्र बनेका छन् । स्पर्शनीय र अस्पर्शनीय सम्पदाको क्रमबद्ध संग्रह र संकलनले प्राचीन सभ्यता र जीवन्त संस्कृतिको साक्षी बनिरहेका छन् । सम्प्रदायको प्रभूत्वसँगै विश्वमा प्रचलनमा आएका हिन्दू, क्रिश्चियन, इस्लाम, अर्थाेडक्स, कन्फुसियस, ताओ, बौद्ध धर्मका आधारमा सभ्यताको परिचय गराउने परिपाटी अनुरूप त्यसका केन्द्रहरू तोक्ने गरिन्छ । हिन्दूधर्मको केन्द्र नेपाल-भारत, क्रिश्चियन धर्मको अमेरिका तथा युरोप, इस्लामको मध्यपूर्ण तथा अरब, अर्थाेडक्सको रुस, कन्फुसियसको चीन, ताओको जापान, बौद्ध धर्मको नेपाल, श्रीलंका आदि ।

आज आफ्नो धर्म, सभ्यता, संस्कृतिप्रतिको आकर्षण र प्रभाव रहेकाले यस विषयलाई गम्भीरतापूर्वक लिने गरिन्छ । यही गम्भीरतालाई हृदयांगम गर्दै ‘हाम्रो सम्पदा’ पुस्तकमार्फत ललितपुरका महत्वपूर्ण सम्पदाहरूको जानकारी गराउँदै सम्पदा संरक्षण र गौरवता बढाउने प्रयास भएको छ । लुभुमहालक्ष्मीः इतिहास र साधना, हिरण्यवर्ण महाविहार र सम्पदा, पशुपतिनाथः दर्शन तथा पुजन-श्री विन्ध्यवासिनीः शास्त्र र साधना-मत्स्यनारायण, सृष्टि र विन्ध्यवासीनी-धुलिखेल भगवतीः शास्त्र र साधना–ललितपुर, अष्टमात्रिका र राष्ट्रिय सुरक्षा विषयमा लेख अनुसन्धान तयार भएका छन् ।

रुस-युक्रेन युद्धको स्मरण गर्दा भूराजनीतिक महत्वको नेपालका लागि पनि मौलिक रणनीतिक अवधारणा आवश्यक देखिन्छ । अमेरिकी इन्डोपेसिफिक रणनीति र चिनियाँ बेल्ट एण्ड रोड इनिसियटिभ रणनीतिको प्रतिस्पर्धाबीच चेपिने अवस्थामा ‘आर्यर्वत’ (१२) लाई नेपाली रणनीतिक अवधारणाको रूपमा अभ्यासमा ल्याउनुपर्ने ठान्दछु । आर्यर्वतः पुण्यभूमिर्मध्यं विन्ध्यहिमालयो-(१३) सांस्कृतिक अवधारणाले विशाल दुई छिमेकी चीन र भारतका साथै अमेरिकी रणनीतिलाई समेत सन्तुलन गर्दै आर्थिक समृद्धि हासिल गर्न सक्षम हुनेछ । सबै सभ्यतालाई समन्वय र सञ्चालन गर्न स्वराज्य र मेलमिलापको सिद्धान्तले सहयोग गर्ने हुँदा स्वराज्य र मेलमिलाप भावी विश्वकोे आधार बन्ने छ ।(१४) नयाँ विश्व व्यवस्थाको केन्द्र नेपाल बन्नेछ ।

सन्दर्भ सामग्री :
१) चौलागाई केशवप्रसाद पशुपतिनाथ र विश्व व्यवस्था ०३ चैत २०७७-अन्नपूर्ण पोष्ट दैनिक ।
२) चौलागाई केशवप्रसाद प्रकृति र ईश्वरीय विश्वव्यवस्था २१ वैशाख २०७८-अन्नपूर्ण पोष्ट दैनिक ।
३) फिसर जोस्का-२६ मंसिर २०७९-नागरिक दैनिक-नयाँ विश्वव्यवस्थाको उदय ।
४) चौलागाई केशवप्रसाद-चीनमा एशियाली सभ्यता सम्वाद, मिलाप मासिक-जेष्ठ अंक ।
५) चौलागाई केशवप्रसाद-द्वन्द्व रूपान्तरण र शान्ति स्थापनामा धर्म तथा अध्यात्मिक क्षेत्रको भूमिका-प्रकाशक-मीना उप्रेती चौलागाई ।
६) चौलागाई केशवप्रसाद-शान्ति, न्याय र मिलापका लागि अन्तर सांस्कृतिक सहिष्णुता, कार्यपत्र, होटल सोल्टी, वल्र्डट्रेड सेन्टर ।
७) चौलागाई, केशवप्रसाद, चीनमा एशियाली सभ्यता सम्वाद–मिलाप मासिक-जेष्ठ अंक ।
८) चौलागाई, केशवप्रसाद इण्डोपेसिफिक र आर्यवर्तका रणनीतिक क्षेत्रहरू-सौर्य अनलाइन-२०७५, माघ ३
९) अमरकोष-पृष्ठ
१०) चौलागाई, केशवप्रसाद-२०७१-स्वराज्य र मेलमिलाप-प्रकाशक मीना चौलागाई ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?