बढ्यो सुनको मूल्य

Read Time = 1 min

काठमाडौं । आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार छापावाला सुनको मूल्य आइतबार ४०० रुपैयाँले बढेर प्रतितोला १ लाख ४ हजार रूपैयाँमा कारोबार भएको छ ।

शुक्रबार छापावाला सुन प्रति तोला १ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख ३ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ ।

यता, चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ । चाँदीको मूल्य प्रति तोला १ हजार २९५ रुपैयाँ कायम भएको छ । शुक्रबार प्रति तोला १ हजार २९० रुपैयाँमा कारोबार भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?