धादिङमा हुने गुण्डागर्दी नियन्त्रण गर्छु : प्रहरी उपरीक्षक गौतम

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 2 mins

धादिङ । आफ्नो कार्यकालमा धादिङको गुण्डागर्दीलाई नियन्त्रण गर्ने प्रहरी उपरीक्षक गौतम मिश्रले बताउनु भएको छ ।

बागमती प्रदेश हेटौंडाबाट सरुवा भइ धादिङको कार्यालय प्रमुखको जिम्मेवारी समाल्नु भएका मिश्रले आइतबार पत्रकार सम्मेलन मार्फत सो कुरा बताउनु भएको हो ।

उहाँले धादिङ जिल्लामा हुने गरेको चोरी डकैती लगाएत अपराधीक क्रियाकलापलाई नियन्त्रण गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभयो ।

यस्तै राजमार्ग क्षेत्रमा हुने गरेको सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने , चेक जाचलाई कडाई क्षेमता भन्दा बढी यात्रु बोक्ने यातायातहरुको निगरानी गरि भोलिबाटै कार्बाही गर्ने बताउनु भएको छ । 'राष्ट्र सेबक कर्मचारी भएपछी जनताको सेवामा तल्लिन हुनुपर्छ । प्रहरी संगठन बलियो भयो भने मात्र अन्य निकाय बलियो हुन्छ । आमनागरिकले सुरक्षाको अनुभुती गर्न सक्ने खालको काम प्रहरीले गर्नुपर्छ । लुते प्रहरी होइन दह्रो प्रहरी भएर काम गर्नु पर्छ," उहाँले भन्नुभयाे ।

यस्तै प्रहरी उपरीक्षक मिश्रले प्रहरीमा आएका घटनामा कुनै राजनीति दलहरुको सोस फोस र दबाबमा नपरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?