कुनैपनि कालखण्डका भ्रष्टाचारजन्य अपराधहरुलाई बाहिर ल्याउँछौं : अर्थमन्त्री पौडेल

Read Time = 5 mins

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कुनैपनि कालखण्डका भ्रष्टाचारजन्य अपराधहरुलाई ‘इफ, बट इन्तु परन्तु’ नभनी बाहिर ल्याउने बताउनुभएको छ ।

आईतवार प्रतिनिधि सभाको बैठकमा चालु आर्थिक बजेटको अर्धवार्षिक समिक्षाकोप्रतिवेदन प्रतिनिधि सभामा पेस गर्दै यस्तो बताउनु भएको हो । उहाँले वर्तमान सरकार भ्रष्टाचार र सुशासन कायम गर्ने सन्दर्भमा स्पष्टताकासाथ प्रश्तुत भइरहेको बताउनु भयो । अर्थमन्त्री पौडेलले सरकारले नीतिगत प्राथमिकता र न्युनतम कार्यक्रम सार्वजनिक गर्ने क्रममा स्पष्ट पारेको बताउनु भयो ।

उहाँले २०४७ सालपछिका वा मल्टिपार्टी सुरु भएपछिका भष्टाचार अपराध बाहिर नआउने चर्चा भएपनि सरकारले कुनैपनि कालखण्ड गरेका भ्रष्टाचारका अपराधहरुलाई बाहिर लाउने बताउनु भयो । उहाँले भ्रष्टाचारजन्य अपराध गर्नेलाई सरकार कानून अनुसार दण्डित गर्न दृढ प्रतिवद्ध रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘र्वतमान सरकार भ्रष्टाचार र सुशासन कायम गर्ने सन्दर्भमा स्पष्टताका साथ प्रश्तुत भएको छ । सरकारले नीतिगत प्राथमिकता र न्युनतम कार्यक्रम सार्वजनिक गर्ने क्रममा नै भनेका छौं । कुनैपनि काल खण्डका यताकता चर्चा हुने गर्छ २०४७ सालपछिका वा मल्टिपार्टी शुरु भएपछिका त्यस्तो हाइन कुनैपनि कालखण्ड र कसैले गरेका भ्रष्टाचारका अपराधहरुलाई बाहिर ल्याउँछौं । कानून अनुसार दण्डित गर्छौं भन्ने दृढप्रतिवद्धता हो । यसमा कुनैपनि प्रकारको इफ बट इन्तु परन्तु हुँदैन भन्ने कुरामा विश्वास दिलाउँछु ।’

अर्थमन्त्री पौडेलले राजश्व चुहावटमा संलग्नलाई कानूनको दायरामा ल्याउने र कर कानूनको परिचालन गर्ने बताउनु भयो । उहाँले सरकारले राजश्व चुहावट नियन्त्रणमा संलग्न निकायहरुको बीचमा सूचना आदान प्रदान गर्ने र समन्वयलाई प्रभावकारी बनाउने नीति लिएको बताउनु भयो । अर्थमन्त्री पौडेलले भन्सार राजश्व संकलनलाई व्यवस्थित गर्न सीमा नाकामा रहेका निकायहरुबीच समन्वय गर्ने, अवैध पैठारी तथा निकासी नियन्त्रण गर्न उच्चस्तरीय टोली परिचालन गरी अनुगमन गर्ने बताउनु भयो ।

उहाँले राजश्व वक्यौता र असुल उपर गर्नुपर्ने बेरुजुको असुलीलाई प्राथमिकता दिने, बजार अनुगमन र अनुसन्धानात्मक कर प्रणालीलाई नजितामूलक बनाउने पनि बताउनु भयो । उहाँले सरकारले चालु आर्थिक वर्षमा नयाँ कार्यक्रम र योजना प्रश्ताव नगर्ने बताउनु भयो । उहाँले सरकारी खर्च कटौति गर्नुपर्ने अवस्था आएकाले चालु आर्थिक वर्षमा थप दायित्व सिर्जना हुने नयाँ कार्यक्रम नल्याउने उल्लेख गर्नु भयो । उहाँले अर्थ मन्त्रालयबाट स्रोतको सहमति लिएका तर कार्यान्वयनमा जान बाँकी रहका आयोजनाहरुको पुनः प्राथमिकीकरण गर्ने पनि अर्थमन्त्री पौडेले बताउनु भयो ।

अर्थमन्त्री पौडेलले हालसम्म मापदण्ड, कार्यविधि निर्देशिका र सञ्चालन विधि स्वीकृत नभएका कार्यक्रम पूर्ण वा आंशिक रुपमा स्थगित गर्ने बताउनु भयो । उहाँले त्यस्ता आयोजना स्रोतको उपलब्धताका आधारमा क्रमशः फुकुवा गर्दै जाने योजना रहेको उल्लेख गर्नुभयो ।
उहाँले विषयगत मन्त्रालयहरुले आफ्नो बजेट र कार्यक्रमको प्राथमिकता निर्धारण गरी स्रोतलाई आन्तरिक रुपमै समायोजन गर्नुपर्ने बताउनु भयो । उहाँले आवश्यक नदेखिएका समिति,प्रतिष्ठान,बोर्डको संरचना खारेज गर्ने बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?