हजारौं निर्दोषको ज्यानलिने माओवादी आतंक र हिंसा राष्ट्रिय पर्व हुन सक्दैन : कमल थापा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकारले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेमा आपत्ति जनाउनु भएको छ ।

२०४७ सालको संविधान र राज्यविरुद्ध माओवादीले हिंसात्मक विद्रोह सुरुगरेको दिनको सम्झनामा फागुन १ गते सार्वजनिक बिदादिने सरकारको निर्णय आपत्तिजनक रहेको उहाँको टिप्पणी छ ।

'हजारौं निर्दोषको ज्यानलिने माओवादी आतंक र हिंसा राष्ट्रिय पर्व हुन सक्दैन। राजावादी र हिन्दुराष्ट्रको वकालत गर्ने पार्टीसमेतको सहभागितामा यस्तो निर्णय हुनु निर्लज्जताको पाराकाष्टा हो। राजा र हिन्दुराष्ट्र पक्षधर पार्टी कुन मुखले सरकारमा बसिरहेको छ?,' उहाँले प्रश्न गर्नुभयो ।

आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

— Kamal Thapa (@KTnepal) February 12, 2023

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?