कण्डम दिवसका दिन बुटवलमा वृहत सांस्कृति कार्यक्रम हुने

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 5 mins

रुपन्देही । सधै फेशनमा, दोहोरो सुरक्षाका लागि कण्डम भन्ने नारा सहित फेब्रुअरी १३ अर्थात फागुन १ गते सोमबारका दिन अन्तर्राष्ट्रिय कण्डम दिवस मनाईदैछ ।

प्रणय दिवसको अवसरमा विश्वब्यापी रुपमा कण्डमको सहि तरिकाले प्रयोग गरी सुरक्षित यौन सम्पर्क बारे जनतचेतना फैलाउनको लागि रमाइलो तथा रचनात्मक तरिकारले अन्तराष्ट्रिय कण्डम दिवस बुटवलमा पनि मनाईने भएको छ ।
लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशनालयले आईतबार बुटवलमा पत्रकारहरुसँग अन्तरक्रिया कार्याक्रमको आयोजना गर्दै कण्डम दिवसको बारेमा जानकारी गराएको हो ।

अन्तर्राष्ट्रिय कण्डम दिवसको अवसरमा बुटवलको ट्राफिक चोकमा सांस्कृतिक कार्यक्रम सहित जनचेतना मुलक कार्यक्रमको आयोजना हुने स्वास्थ्य निर्देशनालयले जानकारी गराएको छ ।

कण्डम र यौंनरोगका विषयमा समाजमा खुल्ला रुपमा छलफल हुन सके एचआईभी रोगको संक्रमण रोक्न सकिने स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोद कुमार गिरीले बताउनु भयो ।

विश्वभरमा सन् २०३० सम्ममा एचआईभी सक्रमण नसर्ने बनाउने र २०२६ सम्ममा आमाबाट जन्मने बच्चामा सक्रमणलाई शुन्य बनाउने रणनीति अनुसार काम गरिरहेको उहाँले जानकारी दिनुभयो । संसारभरि यौन संक्रमण पुनः फैलिरहेको सन्दर्भमा कण्डमलाई सधैं फेसनका रुपमा लिनका लागि कार्यक्रममा सहभागि भई दिवसलाई रमाइलो गरि मनाउन लागिएको गिरीले बताउनु भयो ।

यौनकर्मी , लामो समयसम्म वैदेशिक रोजगारीमा रहेका र लागुपदार्थ सेवनकर्तामा एचआईभी संक्रमणको जोखिम कायम रहेको उहाँले बताउनु भयो । सन् २०२१ सम्ममा नेपालमा करिब ३० हजार ब्यक्ति एभआईभी संक्रमित रहेको र २२ हजार ७३५ जनाले एआरटी औषधी सेवन गरेको तथ्यांक रहेको छ ।

लुम्बिनी प्रदेशमा ४ हजार ३सय २५ जनाले नियमित रुपमा औषधी सेवन गरिरहेको स्वास्थ्य निर्देशनलयले जानकारी गराएको हो ।
कार्यक्रममा बोल्दै स्वास्थ्य निर्देशनालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरीले लुम्बिनी प्रदेशमा एचआईभी संक्रमण रोक्नको लागी बिभिन्न संघ संस्था संग मिले जनचेता मुलककाम तथा उनीहरुको जिबन रक्षा गर्दे उनीहरुको लागी काम गरेको बताउनु भयो।

एएचएफ नेपाल लुम्बिनीका कार्यक्रम संयोजक धर्मराज भट्टराईले लुम्बिनी प्रदेशमा एभआईभी संक्रमितका लागी औषधी परिक्षण लगाएतका बिषयमा जानकारी गराउदै प्रदेशको अबस्था र भैरहेको कामको बारेमा जानकारी गराउनु भयो।

कार्यक्रममा सेभद चिल्डेनका कार्यक्रम ब्यबस्थापक मिम बहादुर सिह, प्रदेश स्वास्थ्य निर्देशनालका एचआईभी फोकलप्रर्शन राम प्रसाद भटट्राई , स्वास्थ्य निर्देशनालयका ,परिवार नियोजन अधिकारी कौसल भन्डारी तथ्याक अधिकृत मानबहादुर ओली लगायतले बोल्दै कण्डमलाई सधैं फेसनका रुपमा लिनका लागि कार्यक्रममा सहभागि भई दिवसलाई रमाइलो गरि मनाउनु पर्ने बताउनु भयो।

कण्डम दिवसको अवसरमा बुटवलको ट्राफिक चोकमा आस्था समुहले सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको हो ।दिउँसो ४ बजे विभिन्न ब्याण्डहरुको प्रस्तुतीसँगै कण्डम र एड्शको विषयमा नाटक प्रस्तुत गरिने समुहका अध्यक्ष केशव पुन मगरले जानकारी दिनुभयो । यस्तै कार्यक्रममा लोकदोहोरी प्रतियोगिता ,झाँकी प्रस्तुत, कण्डम वितरण , खेलकुद निशुल्क एचआईभी परिक्षण लगायतका गतिविधि सञ्चालन हुने लुम्बिनी प्रादेशीक अस्पतालका एचआईभी फोकलप्रर्शन भिम प्रसाद ज्ञाबलीले बताउनु भयो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?