नेपाली महिला राष्ट्रिय टोलीको बिदाई

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । मैत्रीपूर्ण फुटबल खेल्न नेपाली राष्ट्रिय महिला फुटबल टोली आज (सोमबार) भारत प्रस्थान गर्दैछ । भारत जाने उक्त टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिदाइ गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङ, एन्फा उपाध्यक्ष वीरबहादुर खड्का, महासचिव किरण राईलगायतले २३ खेलाडीसहित ३० सदस्यीय नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो । नेपालले आगामी फागुन ३ र ६ गते भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।

नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षकमा अनन्तराज थापा तथा गोलकिपरमा एन्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना राना मगर र उषा नाथ रहनुभएको छ । यसैगरी डिफेन्डरमा हिराकुमारी भुजेल, घिमकुमारी गुरुङ, अमृता जैशी, गीता राना, निशा थोकर, विमला विक र समीक्षा घिमिरे, मिडफिल्डरमा विमला चौधरी, सविता राना मगर, सरु लिम्बू, दीपा शाही, रेनुुका नगरकोटी, अनिता बस्नेत, प्रीति राई र अनिता केसी तथा फरवार्डमा अमिशा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ र निर्मला विक हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?