फागुन ३ गतेदेखि जुत्ता मेला

Read Time = 1 min

काठमाडौं । कला र कौशल हाम्रो, नेपाली ब्राण्ड नै राम्रो भन्ने नाराका साथ काठमाडौंमा जुत्ता मेला हुने भएको छ । नेपाल छाला जुत्ता उत्पादक संघले आइतबार पत्रकार सम्मेलन गरी फागुन ३ गतेदेखि ९ गतेसम्म बृहत् राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रदर्शनी मेलाको आयोजना हुने जानकारी गराएको हो ।

नेपाली साना घरेलु तथा लघु उद्योगलाई वैज्ञानिकरूपले आधुनिकीकरण गर्दै भविष्यमा विदेशी बजारमा समेत सुपरिचित गराउँदै राष्ट्रिय अर्थतन्त्रमा आमूल परिवर्तन ल्याउने मेलाको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ ।

आयोजकका अनुसार मेलामा पछिल्ला उत्पादनभन्दा नयाँ मोडलका आधुनिक जुत्ता, चप्पल तथा छालाजन्य वस्तु प्रदर्शन गरिनेछ । मेलामा बिक्री गरिने जुत्तामा छ महिनासम्मको वारेन्टी तथा चप्पल र जुत्तामा १५ देखि २५ प्रतिशतसम्मको छुट प्रदान गरिने संघले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?