हुण्डाईको विद्युतिय गाडीमा अफर योजना

Read Time = 3 mins

काठमाडौं । नेपालको लागि हुण्डाईको आधिकारिक विक्रेतालक्ष्मी इन्टरकटिनेन्टल प्रा.लि.ले आफ्नो विद्युतिय गाडी कोना तथा लोनिक–५को खरिदमा नयाँ अफर योजना सार्वजनिक गरेको छ । ‘वन मोर रिजन टु जो इलेक्ट्रिक’ नारा सहितको यो योजनाअन्तर्गत खरिदकर्ताले हुण्डाईको विद्युतिय गाडी कोना तथा लोनिक ५को खरिदमा उत्कृष्ट जर्मन अन्तर्राष्ट्रिय ब्रान्ड बोसको वाशिङ्ग मेशिन उपहार प्राप्त गर्न सक्नेछन् ।

समय सापेक्ष योजनाहरू मार्फत आफ्ना ग्राहकहरूको मन जित्न लक्ष्मी इन्टर कटिनेन्टल प्रा.लि.ले सधैं आकर्षक योजनाहरू बजारमा ल्याउँदै आएको छ्र । अहिलेको आवश्यकता अनुरुप विद्युतिय गाडीहरूको प्रयोगमा वृद्धि ल्याउनुका साथै आफ्नो उत्कृष्ट उत्पादनहरूको प्रवद्र्धन गर्न यो योजना सार्वजनिक गरेको कम्पनीले जनाएको छ ।

हुण्डाई कोना तथा लोनिक-५नेपालको विद्युतिय गाडीहरूको श्रेणीमा अग्रपंक्तिमा आउँछ र यी दुवै उत्पादनले ग्राहकको मन जित्न सफल भएका छन् । आफ्नो उत्कृष्ट डिजाइन, परफर्मेन्स र हुण्डाईको विश्वसनीयतालेकोना तथा लोनिक–५वद्युतिय गाडीको पर्यायवाची बनिसकेको छ ।

विद्युतिय गाडीहरूको प्रयोगलाई प्रोत्साहन गर्न लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले आक्रामक रूपमा चार्जिङ्ग स्टेसनहरूको निर्माण गरिरहेको छ । विद्युतिय गाडीको विक्री वितरणमा हुण्डाई एकदम अग्रसर रहँदै गर्दा थापाथलीस्थित नेपालको एक मात्र विद्युतिय गाडीको एक्सक्लुसिभ शोरूम सञ्चालन गरेर नयाँ आयाम कायम गर्दै आएको छ ।

कम्पनीले देशभरका १७ डिलर र १९ सर्भिस सेन्टरहरू सहित ४० वटा चार्जिङ्ग स्टेशनमार्फत नेपालभर नै सबै हुन्डाई गाडीहरूको सहज खरिद र सर्भिसिङ्गको सेवादिँदै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?