बैंकहरू आज बन्द नहुने, अत्यावश्यक सेवा प्रवाह नरोक्न राष्ट्र बैंकको निर्देशन

Read Time = 1 min

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले अकास्मात १ फागुनलाई ‘जनयुद्ध दिबस’ मनाउने भन्दै सार्वजनिक बिदा दिए पनि बैंकहरूका अत्यावश्यक सेवा भने सुचारू हुने भएका छन् ।

नेपाल राष्ट्र बैंकले एक सूचना जारी गरी मुलकभरका बैंकहरूलार्इ अत्याबश्यक सेवा प्रवाह नरोक्न भन्दै सेवाग्रहीहरूको हितमा ध्यानमा राखी बिहान ११ बजे देदेखि अपरान्ह ३ बजेसम्म बैंक सञ्चालन गर्न निर्देशनसमेत दिएपछि सेवा अबरूद्ध नहुने भएको हो ।

‘नगद कारोबार, चेक क्लियरिङ, आरटिजिएसलगायत बैंकिङ सेवा प्रदान गर्न बिहान ११ बजेदेखि अपरान्ह १ बजेसम्म बैंक तथा बित्तिय संस्थाका आवाश्यक बिभाग तथा कार्यालय खुला राखी सेवा सुचारु गर्ने ब्यबस्था मिलाउन हुन यो सुचना जारी गरिएको छ,’ राष्ट्र बैंकले जारी गरेको बिज्ञप्तिमा भनिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?