आत्महत्या दुस्सानकाे उजुरीमा कांग्रेस भेरी नगर कमिटीका सभापति बुढा पक्राउ

Read Time = 1 min

सुर्खेत । जाजरकोट भेरी नगरकमिटीका सभापति तथा भेरी नगरपालिका ६ का वडाध्यक्ष शशि बुढालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार राति बुढाको २७ वर्षीया श्रीमती भावना बुढा घर्तीले आत्महत्या गरेपछि बुढालाई पक्राउ गरिएको हो ।

मृतकका बुबाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि ज्वाई बुढालाई प्रहरीले पक्राउ गरेको हो। आत्महत्या दुस्सान सम्बन्धी उजुरी परेको प्रहरीले जनाएको छ । घटनालाई मिलाउनका लागि नेपाली कांग्रेसको जिल्ला स्तरिय टिम लागेको छ भने नेकपा एमालेको टिमले कुनै हालतमा पनि अन्याय नसहने भन्दै कारबाहीको माग गर्दै पीडितको पक्षमा लागेको छ ।

वडाध्यक्ष बुढाकी मृतक कान्छी श्रीमती हुन् । वडाध्यक्ष बुढालाई प्रहरीले पक्राउ गरेपछिमात्र आज शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा लिइएको छ । बुढा यो भन्दा पहिला पनि जुवातास खेलेको आरोपमा पक्राउ परेका थिए ।
-हेमन्त केसी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?