आँधीका कारण न्यूजिल्याण्डमा विद्युत्, उडान र यातायात सेवा अवरुद्ध

Read Time = 3 mins

वेलिंगटन । न्यूजिल्याण्डको उत्तरी भागमा आएको उष्णकटिबन्धीय आँधीका कारण सोमबार हजारौं घर विद्युतविहीन हुनुका साथै उडानहरू अवरुद्ध भएका छन् । आपत्कालीन व्यवस्थापन मन्त्री किरन म्याकएनल्टिका अनुसार तीव्र हावा र भारी वर्षाको ‘अत्यधिक खतरनाक’ संयोजनको कारण यापक क्षति व्यहोर्नुपरेको छ ।

आँधीको अवस्था सुरुमाभन्दा कमजोर भए पनि यसले शहर तथा ग्रामीण क्षेत्रमा व्यापक रूख ढालेका छन्, सडकमा क्षति पुर्‍याएको छ र विद्युत् लाइन अवरुद्ध भएका छन् । अकल्याण्डसहित उत्तरी पाँच क्षेत्रमा आपत्कालीन अवस्था घोषणा गरिएको छ । न्यूजिल्याण्डको नर्थ आइल्याण्डमा करिब ५८ हजार मानिस विद्युतविहीन भएका छन् । अधिकारीले यो सञ्जाल पुनः स्थापित गर्न केही दिन लाग्न सक्ने बताएका छन् ।

म्याकएनल्टीले भन्नुभयो, ‘जबसम्म मौसम खराब रहन्छ, तबसम्म नेटवर्कमा काम गर्न वास्तवमा असुरक्षित छ । न्यूजिल्याण्डको सबैभन्दा ठूलो सहरमा गत महिना आएको बाढीका कारण चार जनाको मृत्यु हुनुका साथै हजारौं मानिस विस्थापित बनेका थिए । उक्त क्षतिको घाउ नमेटिँदै यो अर्को प्राकृतिक विपत्ति आएको छ ।

नर्थल्याण्ड क्षेत्रमा १४० किलोमिटर प्रतिघण्टाको रफ्तारमा आएको हावाहुरीले क्षति पुर्‍याएको थियो भने अकल्याण्ड हार्बर ब्रिजमा ११० किलोमिटर प्रतिघण्टाको वेगले आँधीले प्रवेश गरेको थियो । म्याकएनल्टीले भन्नुभयो, ‘सरकारले देशको इतिहासमा तेस्रोपटक राष्ट्रिय आपत्कालीन अवस्था घोषणा गर्ने बताइरहेको छ । मेरो विचारमा आपत्कालीन अवस्थाको घोषणा गरिहाल्नु पर्दैन । किनकि आँधीको रफ्तार कमजोर भइसकेको छ ।’ मौसमले न्यूजिल्याण्डको यातायात सञ्जाललाई पनि तहसनहस पारेको छ, उडान, रेल र बस तालिका सबै नराम्ररी प्रभावित भएका छन् ।

एयर न्यूजिल्याण्डले हालसम्म ५०९ उडान रद्द गरेको तर मंगलबारदेखि सामान्य उडान सुरु हुने अपेक्षा गरिएको जनाएको छ । उक्त विमान सेवालेले १० हजारभन्दा अन्तर्राष्ट्रिय सेवाग्राही प्रभावित भएको र छ हजार पाँच सयलाई पुनः टिकट बुक गर्नु परेको बताएको छ । रासस÷एएफपी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?