बंगलादेशको आगामी राष्ट्रपतिका लागि मोहम्मद शाहबुद्दिन मनोनित

Read Time = 1 min

ढाका । बंगलादेशको सत्तारुढ दल अवामी लिगले आइतबार पूर्वन्यायाधीश तथा इस्लामी बैंक बंगलादेश लिमिटेडका उपाध्यक्ष मोहम्मद शाहबुद्दिनलाई देशको नयाँ राष्ट्रपतिको रूपमा मनोनित गरेको छ । उहाँ निर्वाचित भएमा मोहम्मद शाहबुद्दिन बंगलादेशको २२औं राष्ट्रपति हुनुहुनेछ । हालका राष्ट्रपति अब्दुल हमिदको कार्यकाल २३ अप्रिलमा सकिँदैछ ।

आइतबार अवामी लिगका महासचिव ओबैदुल कादरको नेतृत्वमा एउटा प्रतिनिधिमण्डल मुख्य निर्वाचन आयुक्तको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएको थियो । राष्ट्रपति पदका लागि फेब्रुवरी १४ सम्म उम्मेदवारी फिर्ता लिन सकिनेछ ।

मनोनयनपछि, फेब्रुवरी १९ मा संसद्मा मतदान हुनेछ । संसदमा अहिले अवामी लिगको पूर्ण बहुमत भएकाले पार्टीको उम्मेदवार आगामी राष्ट्रपति बन्ने प्रबल सम्भावना छ । निर्वाचित भएपछि उहाँले आगामी पाँच वर्षका लागि राष्ट्रपतिको कार्यभार सम्हाल्नुहुने छ । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?