अभिनेता एवं लेखक जिया मोहिउद्दिनको निधन

Read Time = 2 mins

कराँची । पाकिस्तानी अभिनेता एवं लेखक जिया मोहिउद्दिनको निधन भएको छ । जिया मोहिउद्दिनको ९२ वर्षको उमेरमा सोमबार बिहान निधन भएको हो । उहाँको सोमबार बिहान ६ बजे निधन भएको हो । लामो समयदेखि बिमारी रहनुभएको उहाँलाई पेटमा समस्या र ज्वरो आएपछि कराचीको एक अस्पतालमा भर्ना गरिएको थियो ।

जियाको जन्म २० जुन १९३१ मा पाकिस्तानको फैसलावादमा भएको थियो । उहाँले लण्डनको रोयल एकेडेमी अफ ड्रामाटिक आर्टबाट अभिनयको तालिम लिनुभएको थियो । जिया देशबाहिर थिएटर र फिल्महरूमा काम गर्ने थोरै पाकिस्तानीहरूमध्ये एक हुनुहुन्छ । उहाँ झण्डै ६७ वर्षदेखि थिएटर र फिल्म उद्योगसँग आबद्ध हुनुहुन्थ्यो । हालैका वर्षमा उहाँका केही भिडियो युट्युबमा देखापरेका छन् । यी भिडियोमा उहाँले कहिले वाचन गर्दै त कहिले चर्चित नाटक वा संवाद प्रस्तुत गरेको देखिन्छ ।

जिया कराँचीको नेशनल इन्स्टिच्युट अफ परफा‘र्मिङ आर्ट्सका अध्यक्ष इमेरेटस पनि हुनुहुन्थ्यो । उहाँले विभिन्न पत्रपत्रिकाका लागि स्तम्भ पनि लेख्नुभएको थियो । जियाले पाकिस्तानी फिल्म र टेलिभिजन कार्यक्रमका साथै ब्रिटिश फिल्म र टेलिभिजनमा काम गर्नुभएको थियो । उहाँले ‘ए क्यारोट इज अ क्यारोट’, ‘थिएट्रिक्स’ र ‘द गा‘ड अफ इडल ट्री मेमोरिज एण्ड रिफ्लेक्शन्स’ नामक तीनवटा पुस्तक पनि लेख्नुभएको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?