श्रीमानद्वारा श्रीमतीको हत्या

नविन शर्मा दैलेख, संवाददाता
Read Time = 2 mins

दैलेख । सोमबार राति दैलेखमा एक जना श्रीमानले आफ्नो श्रीमतीको हत्या गरेका छन् । गुराँस गाउँपालिका वडा नं ८ बस्ने कृष्ण बहादुर खड्काले आफ्नो श्रीमती पार्वती विसीलाई कुटपिट गरी मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

सोमबार राति भयको घटनाको घटनास्थलमा रगत लागेको काठ भेटिएकोले उक्त काठले मृतकको टाउकोमा हानेर हत्या भएको हुनसक्ने डीएसपी किशोर लम्सालले बताउनुभयाे ।

उनिहरु बोल्न र सुन्न नसक्ने श्रीमान र सुस्तमनस्थितिकी श्रीमती भयको स्थानियबासी बताउछन । तीन महिना अगाडि मात्र उनीहरूको बिहे भयको थियो । मृतक पार्वती विसिको गुराँस गाउँपालिका वडा नं ६ मा माइती रहेको छ ।

मृतकको भिनाजुले किटानी जाहेरी दिएपछि हत्याका आरोपी कृष्ण बहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय दैलेख ल्याएको छ भने मृतकलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल ल्याइएको छ ।

खड्का बोल्न र कान सुन्न नसक्ने भयका कारण अनुसन्धान गर्न केही कठिन भए पनि थप अनुसन्धान थालिएको डीएसपी लम्सालले जानकारी दिनुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?