कुशल भुर्तेलको शतकीय योगदानसँगै नामिबियाबिरुद्ध नेपालको कीर्तिमानी जित

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशी एकदिवसीय श्रंखलाको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध कीर्तिमानी जित निकालेको छ ।

ओपनर कुशल भुर्तेलले शतकीय पारी खेलेपछि नेपालले नामिबियाविरुद्धको खेल २ विकेटले जितेको छ ।

काठमाडौंको कीर्तिपुरस्थित क्रिकेट मैदानमा भएको खेलमा नेपालले ओपनर कुशल भुर्तेलको शतक प्रहारमा नामिबियालाई दुई विकेटले पराजित गरेको हो ।

नामिबियाले दिएको २८६ रनको चुनौती नेपालले ४७.४ ओभरमा ८ विकेट गुमाएर १४ बल बाँकी छँदै भेट्याएको हो । यसका लागि कुशल भुर्तेलले १३३ बलमा ४ छक्का र १० चौका प्रहार गर्दै ११५ रन जोडे ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा अलआउट हुँदै २८५ रन जोडेको थियो ।

नाामिबियाले माइकल भान लिगेनको १३३ र कप्तान जर्हार्ड इरासमसले ५६ रन जोडेसँगै नेपाललाई २८६ रनको चुनौती दिएको हो ।

नामिबियालाई सस्तैमा समेट्ने प्रयासमा नेपालका लागि करण केसीले ५ विकेट, सन्दीप लामिछानेले ३ तथा सोमपाल कामी र कुशल मल्लले एक एक विकेट लिए।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?