डडेल्धुरा । जुनार खेती गर्ने डडेल्धुराका किसान कृषि औजार पाएपछि उत्साहित र हर्षित भएका छन् ।
जिल्लाको भागेश्वर गाउँपालिका वडा नं. ४ चौड खाल्टाका जुनार किसानलाई कृषि ज्ञान केन्द्र डडेल्धुराले फलफूलका बोटहरु काँटछाँट र टिप्ने हाते औजार तथा औषधि छर्किने मेशिन उपलब्ध गराए पछि हर्षित बनेका हुन् ।
हिउँदे मौसममा पाईने अमिलो जातको फलफूलहरुमा सुन्तला, मौसम, जुनार, कागतीलगायतका फलफूलहरुलाई स्वस्थ उत्पादन र स्तरीय बजारीकरणको निर्यातका लागि जुनार बोटको उत्पादकत्व बढाउने गरी स्प्रे, कैंची, कटर र दाना टिप्ने मेसिन अनुदान सहयोग दिएपछि कृषकलाई उत्पादन व्यवस्थित गर्न सहज भएको अगुवा कृषक दानबहादुर बोहराले बताउनु भयो ।
यस क्षेत्रको मौसमी तथा सुन्तला फलफूलहरुले जिल्ला सदरमुकामदेखि पहाडी तथा तराईका बिभिन्न स्थानमा प्रसिद्धि पाएको कृषि ज्ञान केन्द्र डडेल्धुराका कार्यालय प्रमुख रामचन्द्र भट्टले जानकारी दिनुभयो ।
जिल्लामा अमिलो जातको फलफूलहरु उत्पादनका लागि भागेश्वर गाउँपालिका वडा नं.४ को खाल्टाचौड र वडा नं. ५ को चुल्ला, सिराड क्षेत्रमा स्थानीय किसानहरुले वर्षौंदेखि व्यवसायिक रुपमा खेती गर्दै वार्षिक लाखौं रकम आम्दानी गर्दै आएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच