फागुन १० गतेदेखि आइपीओ निष्कासन गर्दै मेन्छियाम हाइड्रोपावर

Read Time = 2 mins

काठमाडौं । मेन्छियाम हाइड्रोपावरले फागुन १० गतेदेखि आइपीओ बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आइपीओ बिक्री खुला गर्ने भएको हो ।

कम्पनीले स्थानीयलाई जारी पुँजी ५४ करोड २५ लाख ८३ हजार ३ सय रुपैयाँको १० प्रतिशत अर्थात ५ करोड ४२ लाख ५८ हजार ३ सय रुपैयाँ बराबरको सेयर बिक्री गर्न लागेको हो । मेन्छियाम हाइड्रोपावरले १०० रुपैयाँ अंकित मूल्यमा ५ लाख ४२ हजार ५८३ कित्ता सेयर निष्कासन गर्ने भएको छ ।

योमध्ये आयोजना अति प्रभावित क्षेत्र संखुवासभा जिल्लाका साविकको सिद्धकाली, सिद्धपोखरी र मावादीन गाविसका स्थानिय बासिन्दालाई २ लाख ७१ हजार २९२ कित्ता र यो बाहेक संखुवासभा जिल्लाका स्थानीय बासिन्दाका लागि २ लाख ७१ हजार २९१ कित्ता सेयर छुट्याइएको छ ।

यता, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई भने १ लाख ८ हजार ५१७ कित्ता सेयर छुट्याइएको छ। स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

छिटोमा फागुन २५ गते गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा स्थानियले भने चैत ९ गतेसम्म आवेदन दिन पाउनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?