काठमाडौं । नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले यातायात व्यवस्था ऐनको संशोधन गर्नुपर्ने बताउनुभएको छ ।
बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भट्टराईले यस्तो बताउनुभएको हो । उहाँले रोड सेफ्टी काउन्सिल बनाएर सडक विभागले गरेका काम, यातायात व्यवस्था विभागले गरेका कामहरुको नियमन गर्न जरुरी रहेको बताउनु भयो । उहाँले रोड सेफ्टी एक्शन प्लान, २०२१लाई अघि बढाउनुपर्ने आवश्यकता भइसकेको बताउनु भयो ।
सांसद भट्टराईले रोड सेफ्टी काउन्सिल ऐन, ड्राफ्ट गर्नुपर्ने आवश्यकता रहेको पनि बताउनु भयो । उहाँले दुई पाङ्ग्रे सवारी साधन दुर्घटनामा मृत्यु हुनुको मुख्य कारण हेलमेटको गुणस्तर रहेकाले हेल्मेटको गुणस्तर परीक्षण गर्नु जरुरी रहेको बताउनु भयो । उहाँले शहरमा सुरक्षित साइकल लेन, व्यवस्थित फुटपाथ, ह्वीलचियरमैत्री, अपाङ्गमैत्री सडक बनाउने कुरा राज्यको निर्देशक सिद्धान्तले भनेपनि सो अनुसार हुन नसकेको भन्दै सरकारले आधुनिक र सभ्य सडक बनाउनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामीले एउटा रोड सेफ्टी काउन्सिल बनाउनुपर्छ । त्यसले सडक विभागले गरेका कामहरुको पनि नियमन गर्छ । अनुगमन गर्छ, यातायात व्यवस्था विभागको पनि अनुगमन गर्छ । यी कामहरु आज हुन सकेका छैनन् । एकातिर यातायात व्यवस्था ऐनको संशोधन गर्नुपर्नेछ । रोड सेफ्टी एक्शन प्लान, २०२१ लाई अघि बढाउनुपर्नेछ । रोड सेफ्टी काउन्सिल ऐन, ड्राफ्ट गर्नुपर्नेछ । हेलमेटको गुणस्तरको जाँच गर्नुपर्छ । विश्वको अध्ययनले के देखाउँछ भने दुई पाङ्ग्रे सवारी साधनमा मृत्यु हुनेको मुख्य कारण हेलमेटको गुणस्तर हो । ७० प्रतिशत मानिसहरु कमजोर हेलमेट प्रयोग गरेका कारणले मृत्यु भइरहेका छन् । अधिकांश दुई पाङ्ग्रे सवारीसाधनमा मृत्यु पछाडि बस्ने यात्रुको हुन्छ । शहरमा सुरक्षित साइकल लेनको कुरा छ । व्यवस्थित फुटपाथको कुरा छ । ह्वीलचियरमैत्री, अपाङ्गमैत्री बजनाउने हाम्रो राज्यको निर्देशक सिद्धान्तले भनेको छ तर हाम्रा कुनैपनि सडकहरु अपाङ्गमैत्री छैनन् त्यसतिर ध्यान दिनुपर्छ । आधुनिक र सभ्य सडक बनाउनु पर्छ ।’
सांसद भट्टराईले नयाँ बसपार्कमा भएको लुटपाटको बारेमा सरकारले छानबिन गरी कारबाही गर्नुपर्ने माग राख्नुभयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका