अनेरास्ववियुको नयाँ नेतृत्वको छनोटका लागि बुधबार निर्वाचन

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । अनेरास्ववियुको नयाँ नेतृत्वको छनोटका लागि बुधबार दिउँसो १२ बजेबाट निर्वाचन प्रक्रिया सुरु हुने भएको छ । निर्वाचन प्रक्रिया सुरु भएसँगै बिहीबार बिहान ८ बजेदेखि मतदान सुरु हुने बताइएको छ ।

मंगलबार उद्घाटन भएको २३औं महाधिवेशनले १ सय ९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ ।

१० सचिवमा ३ महिला, एक समावेशी र ६ खुला निर्वाचित हुनेछन् । अध्यक्षमा वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, उपाध्यक्षहरू लोकेश निरौला, मोति विक, झविन्द्र खत्री र महासचिव समिक बडालको दाबी रहेको छ ।

उपाध्यक्षमा टपेन्द्र शाही, जेनिश लामा, मर्यादा विष्ट, एलबी सिंह, डम्बर अधिकारी, रामशरण चौधरीको दाबी छ । त्यसैगरी, महासचिवमा नारायण घर्ती, नरेश रोकाया, सुदर्शन सिवाकोटी, धर्म गिरी, गोविन्द गिरी र भाष्कर खनालको दाबी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?