ग्यास सिलिण्डर पड्किएर घाइते सांसद भण्डारीको आमाको निधन

रासस
Read Time = 1 min

काठमाण्डाैं । ग्यास सिलिण्डर पड्किएर घाइते भई उपचाररत नेपाली कांग्रेसका सांसद डा चन्द्रकान्त भण्डारीका आमा हरिकला भण्डारीको उपचारकै क्रममा निधन भएको छ ।

कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको अस्पतालका मेडिकल डाइरेक्टर डा निजिना ताम्राकारले जानकारी दिनुभयो ।

उहाँकाअनुसार आज बिहान करिब १० बजेर ५७ मिनेटमा उहाँको निधन भएको हो । हिजो राति ग्यास पड्किएर नेता डा भण्डारीसहित उहाँकी ८६ वर्षीया आमा हरिकला घाइते हुनुभएको थियो ।

आमा हरिकलाको जीउको अधिकांश भाग गरी ७० प्रतिशतसम्म जलेको सो अस्पतालले जनाएको थियो । यस्तै नेता डा भण्डारीको दुवै हात र दुवै गोडा गरी शरीरका २५ देखि ३० प्रतिशतसम्म भाग जलेको चिकित्सकले बताएका छन् । डा भण्डारीको उपचार जारी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?