नेता भण्डारीकाे स्वास्थ्य अबस्थाबारे बुझ्न पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा कीर्तिपुर अस्पतालमा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कीर्तिपुर अस्पतालमा उपचाररत कांग्रेसका नेता एवं सांसद डा चन्द्रकान्त भण्डारी र उहाँकी आमा हरिकला भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

बुधबार राति ग्यास सिलिण्डर पड्किएर हरिकलाको शरीरको ७० प्रतिशत भाग र सांसद चन्द्रकान्तको दुवै हात र गोडा गरी २५-३० प्रतिशत जलेको अस्पतालले जनाएको छ ।

यसैबीच सभामुख देवराज घिमिरेले पनि अस्पताल पुगी उहाँहरुको स्वास्थ्य अवस्थाको जानकारी लिनुभएको छ ।

अस्तपालले हाल उपलब्ध साधन र स्रोतको अवस्थामा उहाँहरुको यथोचित उपचार स्वदेशमा सहज नहुने देखिएकोले देशबाहिर सुविधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र स्थानान्तरण (सिफारिस) गरेको छ ।

भण्डारीकी आमाको उपचारको क्रममा निधन भएको अस्पताले जनाएको छ । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?