धादिङमा भएको दुई छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु एक घाइते

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 2 mins

धादिङ । गएराती धादिङमा भएको दुई छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

गएराती धुनिवेसी नगरपालिका-८ खानीखोलामा टिप्परको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको हो । मृत्यु हुनेमा धुनिवेशी-६ गैरीगाँउका ६५ वर्षीय रामकृष्ण श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

काठमाडौबाट गजुरीतर्फ आउदै गरेको बा २ क ५६३३ नम्बरको टिप्परले ठक्कर दिएको थियो । श्रेष्ठको काठमाडौस्थित ट्रमा सेन्टरमा उपचारको क्रममा आज बिहान मृत्यु भएको मिश्रले बताउनुभयो । ठक्कर दिने टिप्पर र चालकलाई इलाका प्रहरी कार्यालय खानीखोलाले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी गएराती नै खानीखोलामा बस र कार ठोक्किदा धुनिवेसी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष रामकृष्ण रेग्मी घाईते हुनुभएको छ ।

गौतमकाअनुसार काठमाण्डौबाट गजुरीतर्फ आउँदै गरेको ना ५ ख १५६० नम्बरको बस र काठमाडौतर्फ जादै गरेको बा २० च ६६७० नम्बरको कार एकापसमा ठोक्किदा कारमा सवार वडा अध्यक्ष रेग्मी घाईते हुनुभएको हो ।

उहाँको काठमाडौस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?