६ जना चिकित्सकसहित सांसद भण्डारीलाई श्री एयरलाइन्सको विमानमार्फत भारत लगियो

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । खाना पकाउने ग्यास सिलिन्डर विस्फोटबाट घाइते हुनुभएका कांग्रेस सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगिएको छ ।

ग्यास सिलिन्डर विस्फोट भएपछि बुधबार राति कीर्तिपुरस्थित क्लिफ्ड एण्ड बर्न सेन्टरमा उपचारका लागि सांसद भण्डारी र उहाँकी आमा हरिकला भण्डारीलाई लगिएको थियो ।

शरीरको करिब ३० प्रतिशत भाग जलेको भण्डारीलाई थप उपचारका लागि सुविधा सम्पन्न अस्पताल लैजान बर्न सेन्टरले भनेपछि उहाँलाई बिहीबार भारत लगिएको हो । तर, ७० प्रतिशत शरीरको भाग जलेको आमा हरिकलाको भने बिहीबार उपचारका क्रममा निधन भएको छ ।

सांसद भण्डारीलाई भने ६ जना स्वास्थ्यकर्मीसहित उपचारका लागि भारतको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा लगिएको हो । उहाँलाई श्री एयरलाइन्सको विमानमार्फत लगिएको हो ।

३० प्रतिशत शरीरको भाग जलेको र धुवाँ स्वासनलीमा गएकाले सांसद भण्डारीको स्वास्थ्य थप जटिल बनेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?