पत्रकार महासंघद्वारा बुहारी पत्रकारिता पुरस्कार प्रदान

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 3 mins

कालीकोट । नेपाल पत्रकार महासंघ जिल्ला शाखा कालीकोटले छोरी बुहारी पत्रकारिता पुरस्कार रेडियोकर्मी प्रिमा कुमारी बिश्वकर्मा (प्रेरणा) लाई प्रदान गरेको छ ।

सामुदायिक रेडियो प्रदेश आवाज एफएम कालीकोटमा कार्यरत सञ्चारकर्मी प्रिमा कुमारी बिश्वकर्मालाई बिहीवार एक कार्यक्रमकाबीच पाँच हजार नगदसहित सम्मान पत्र पुरस्कार प्रदान गरिएको हो ।

दुर्गम क्षेत्रमा पत्रकारिता गर्नु पर्दाका पिढाहरूमा अझै छोरी बुहारी लाई काम गर्न निकै चुनौती हुँने गरेको छ । बालबच्चा साथमा राखेर काम गर्दाका समस्यालाई दृष्टिगत गर्दै बिश्वकर्मालाई पुरस्कार प्रदान गरिएको हो ।

पत्रकारिता क्षेत्रमा अझै जोस जागर बढोस र यो क्षेत्रमा छोरी बुहारी टिकाउनका साथै स्थापीत गराउन यो पुरस्कारले महत्वपूर्ण सहयोग गर्ने महासंघका पूर्व अध्यक्ष तुलराम पाण्डेले बताउनुभयो ।

यस्तै पत्रकार महासंघका पूर्व अध्यक्ष तथा सल्लाहकार कालीबहादुर मल्लले छोरी बुहारी पत्रकारीता पुरस्कार प्रदानप्रती धन्यवाद ज्ञापन गर्नुभएको छ । यस्ता पुरस्कार र प्रोत्साहनले पत्रकारिता पेषा थप बलियो हुँने मल्लले बताउनुभयो ।

पुरस्कार प्रदान कार्यक्रममा महासंघका अध्यक्ष भरतराज बिस्टले छोरा छोरी बोकेर काखमा राखेर पत्रकारिता गर्दाका पीडाहरुलाई दृष्टिगत गर्दै यस्तो निर्णय गरेको बताउनुभयो ।

कालीकोटमा सञ्चार माध्यामको बढ्दो बिकासँगै महासंघले छोरी बुहारी अक्षकोषको समेत स्थापना गरेको उहाँले बताउनुभयो ।
पुरस्कृत भएकी पत्रकार प्रिमा बिश्वकर्माले यो पेषामा दुख सुख जे जस्ता आएपनी यो सम्मानले पेषामा थप जोस जाँगरसँगै थप हौसला प्रदान भएको बताउनुभएको छ ।

कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष बिश्वनाथ सिम्खाडा, जनपत्रकार संगठनका केन्द्रीय सचिवालय सदस्य, कर्ण बिश्वकर्मा, प्रेस युनियनका उपाध्यक्ष पुष्पराज भट्टराई, पत्रकार किरण अधिकारी लगायत महासंघका अन्य सदस्यहरुको उपस्थिति रहेको थियो
कार्यक्रमको सञ्चालन महासंघका सचिव खडानन्द अधिकारीले गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?