यस्तो छ तपाईंको फागुन ५ गते शुक्रबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०७९ फागुन ५ गते शुक्रबार, ई.सं १७ फेब्रुअरी, २०२३ । तिथि– फाल्गुन कृष्णपक्ष द्वादशी, नक्षत्र– पूर्वाषाढा, योग– सिद्धि, करण–कौलव, चन्द्रराशि– धनु, सूर्योदयः ६ः४२, सूर्यास्तः १७ः५५ ।

मेष : धर्मकर्ममा रुचि, शुभ समाचार सुन्न पाइएला ।

वृष : अवसरका लागि केही त्याग गर्नुपर्ला ।

मिथुन : अभिभावकले ससाना त्रुटि औंल्याउँदा मन खिन्न हुनेछ ।

कर्कट : परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ ।

सिंह : सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ ।

कन्या : दाम्पत्य जीवनमा एक किसिमको निराशा आउन सक्छ ।

तुला : एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।

वृश्चिक : आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

धनु : सुख–दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् ।

मकर :  परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।

कुम्भ : सामाजिक क्षेत्र र नोकरीबाट अपजश मिल्नेछ ।

मीन : नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?