यस्ताे छ आजको विदेशी मुद्राकाे विनिमयदर

Read Time = 2 mins

काठमाडौं । शुक्रबार अमेरिकी डलरको भाउ घटेको छ ।

नेपाल राष्ट्र बैंककाअनुसार आज डलर एकको खरिददर १३२ रुपैयाँ ६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६६ पैसा कायम गरिएको छ । बिहिबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ १९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७९ पैसा थियो । यो मूल्य अघिल्लो दिनको १३ पैसा घटेको हो ।

उता, युरोपियन युरो एकको खरिदमा भने १४१ रुपैयाँ ४० पैसा र बिक्रीमा १४२ रुपैयाँ ४ पैसा तोकिएको छ ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५९ रुपैयाँ २१ पैसा र बिक्रीदर १५९ रुपैयाँ ९३ पैसा तोकिएको राष्ट बैंकले जनाएको छ ।

बैककाअनुसार अष्ट्रेलियन डलर एकको खरिदमा आज ९१ रुपैयाँ ३४ पैसा र बिक्रीमा ९१ रुपैयाँ ७५ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९८ रुपैयाँ ६८ पैसा र बिक्रीमा ९९ रुपैयाँ १३ पैसा तोकिएको छ ।

यसैगरी,  कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ २१ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३७ पैसा तोकेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ २१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३७ पैसा तोकिएको छ ।

उता, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ९५ पैसा र बिक्रीमा ३६ रुपैयाँ १२ पैसा रहेकाे छ । मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २९ रुपैयाँ ९९ पैसा र बिक्रीमा ३० रुपैयाँ १२ पैसामा खरिदबित्री भइरहेको छ ।

कुवेती दिनार एकको खरिदमा ४३१ रुपैयाँ १७ पैसा र बिक्रीमा ४३३ रुपैयाँ १३ पैसा छ भने बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ३८ पैसा र बिक्रीदर ३५१ रुपैयाँ ९७ पैसा तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?